Ultimate magazine theme for WordPress.

नेपाल प्रहरी प्रमुख आइजिपी खनालको कडा निर्देशन, नमाने कारवाही गर्ने चेतावनी

394

उमेश दुबे
पर्सा, ३१ बैशाख / नेपाल प्रहरीका प्रमुख आइजिपी सर्वेन्द्र खनालले आफ्नो मातहातमा रहेका प्रहरीहरूलाइ कडा निर्देशन दिनुको साथै आ-आफ्नो क्षेत्रमा निगरानी बढाउन आदेश दिनुभएको छ । नेपाल प्रहरीको पहिलो प्राथ्मिक्ता नेपाली जनतालाइ सुरक्षा प्रदान गर्नु हो, त्यसमा चुके कारवाही गर्ने चेतावनी समेत दिनु भएको हो ।
यस अनलाइन सङ कुरा गर्दै आइजिपी खनाल देशको कुना कुनामा रहेर नेपाली जनतालाइ सुरक्षा प्रदान गर्दै आएका नेपाल प्रहरी सुरक्षा दिनबाट पछि नहटने बताउनु भयो । उहाले देशको कुना कुनामा रहेका प्रहरीहरूलाइ आ-आफ्नो क्षेत्रमा निगराउनु बढाउनुको साथै अपराधी क्रियाकलाप समेत हुन नदिन आदेश गरिएको बताउनु भयो । जसको कार्यक्षेत्रमा अपराधी क्रियाकलाप, भ्रस्टाचार, लूटतन्त्र बढे कारवाहीको भागिदार हुने जनाउनु भयो ।
उहाले आफ्नो कार्यकालमा सुरक्षाको निम्ति कुनैपनी चुक नछोडिने बताउदै आउने दिनमा नेपाली नागरिक अमन र शान्ती महसुस गर्ने ठोकुवा गर्नु भयो । शान्ती सुरक्षा लगायत अपराधी क्रियाकलापमा समेत सन्लग्न रहेका अपराधीहरूलाइ कानूनको दायरामा लिएर बताउनु भयो । अपराधमा सन्लग्न अपराधीलाई कदापी नछोडिने र देशको विभिन्न कुना कप्चामा लूकेकालाइ कानूनको कटघरामा ल्याउने समेत आश्वासन दिनुभयो ।
नेपाल प्रहरीका प्रमुख आइजिपी सर्वेन्द्र खनालको कडा निर्देशन आउनसाथ प्रदेश नम्बर २ को विभिन्न ठाउहरूमा लूकाएर राखिएको केराउ बरामद गर्न थालिएको छ । प्रदेश नम्बर २ को सिरहा, बिरगंज लगायतका ठाउहरूबाट धमाधम प्रहरीले अबैध तरिकाले भन्डारण गरि राखिएका केराउ, मरिच, कपडा लगायत बरामद गर्न लागिएको हो । केही दिनदेखी सन्चार माध्यममा समाचार आउनथाले पछि आइजिपी खनालको आदेशले निगरानी बढाइएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.