Ultimate magazine theme for WordPress.

नेपाल प्रहरीले मरिचको लाइन दिदा सशस्त्र प्रहरीद्वारा पक्राउ

166

वीरगंज, २० मंसिर ÷ वीरगंज भन्सारको मुल द्वार हुदै भारततर्फ गइरहेको कालो मरिच सहित इरिक्सा सशस्त्र प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट लोड भएको एक वटा इरिक्सा सहित मरिच सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
वीरगंज भन्सार राजस्व गस्ति टोलीले बिहान करिब चेकजाच गरिरहेकै बेला भारततर्फ गइरहेको ईरिक्सामा लोड मरिच पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । तस्कर संगठनहरुले बुधवार विहान अन्धयारोको मौका छोपी भारततर्फ लगिरहेको सूचनाको आधारमा चेक प्वाइन्ट थपी पक्राउ गर्न सफल भएको बताइएको छ । ईरिक्सामा लोड मरिच नियन्त्रणमा लिन खोज्दा तस्कर फरार भएको प्रहरी नायब उपरीक्षक तिलक खडकाले बताउनु भयो । उहाले तस्कर फरार भएपनि ईरिक्सा र ८ बोरा मरिच आफ्नो नियन्त्रणमा लिएको बताउनु भयो ।
एक जना तस्कर श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालयका घुमुवा टोलीले मोटो रकमको नजराना बुझे पश्चात बिगत ३ दिनदेखी कार्य सूचारु भएको बताएका छन् । उनले बताए अनुसार नेपाल प्रहरी र डयूटीमा खटिएको सशस्त्र प्रहरीलाई मिलाई कार्य धमाधम भइरहेको बताएका छन् । बिहान करिब ५ बजेको समयमा बैरियर खुल्नसाथ २ घण्टाको लागि लाइन बांधिएको बताएका हुन । तस्कर श्रोतले जनाए अनुसार तस्करीको कार्य मिलाउनको निम्ति एक जना बरिष्ठ दलाललाई समेत चयन गरिएको बताएका छन् । दलाली स्वरुप महिनवारी वापत केही रकम दिने गरेको र जाड÷रक्सी खुवाउने कुरामा सहमति भए पश्चात लाइन खोलिएको श्रोतको दावी रहेको छ ।

Leave A Reply

Your email address will not be published.