Ultimate magazine theme for WordPress.

नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा सिफारिस

233

पर्सा, २९ चैत / गृह मन्त्रालयले नेपाल प्रहरीका १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । गृहसचिव न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्यसचिव थिए । डीआईजीको लागि ३४ एसएसपी प्रतिस्पर्धामा थिए । सुची अनुसार एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, बसन्त पन्त, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, उत्तम सुबेदी, रबिन्द्र धानुक र अरुण विसी डीआईजी बढुवामा सिफारिस भएका हुन ।
अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), विशेष ब्यूरो, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक/एक गरि जम्मा १४ डीआईजी दरबन्दी रहनेछन् । हाल प्रहरीमा कार्यरत चार डीआईजीमध्ये निरजबहादुर शाही सीआईबी, प्रध्युम्न कार्की दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, सुर्यप्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय नक्साल र बिश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

Leave A Reply

Your email address will not be published.