Ultimate magazine theme for WordPress.

नेपाली कांग्रेस बिन्दवासनीको सभापतिमा चौरसिया निर्विरोध निर्वाचित

109

वीरगंज, १३ फागुन । नेपाली कांग्रेस बिन्दवासनी गाउ“पालिकाको सभापतिमा बिवेक कुमार चौरसिया निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न गाउ“पालिका अधिवेशनबाट सभापतिमा चौरसिया निर्विरोध निर्वाचित भएका हुन् ।
गाउ“पालिका समितिको उपसभापतिमा राजेश्वर प्रसाद चौरसिया, राजेश तिवारी, सचिवमा संतोष कुमार चौरसिया, मुकेश प्रसाद साह कानु, सह सचिवमा जितेन्द्र कुमार, श्रीलाल प्रसाद कुर्मी निर्वाचित भएका छन् ।
यस्तै, समितिको सदस्यमा पन्ना देवी चमईन, नागेश्वर साह तेली, चोकट मुखिया बिन, सोना देवी कानु, मनोज राउत कुर्मी, सुनिल प्रसाद चौहान, देवनारायण साह कानु, प्रेम कुमार चौरसिया, दिनेश साह कानु, कोशिला देवी,अवधकिशोर प्रसाद बरै र रामराज बरै निर्विरोध निर्वाचित भएको मतदान अधिकृत मनोज कुमार यादवले जानकारी दिए ।
समाजिक क्षेत्रमा लामो समयसम्म काम गरेका चौरसिया आफ्नो मूल्यांकलन गरेर गाउ“पालिका सभापतिको जिम्मेवारी दिएकोमा सम्पूर्ण पार्टी पंक्तिलाई धन्यावाद तथा अभार समेत चौरसियाले प्रकट गरेका छन । उहाले गाउ“पालिका सभापतिमा निर्वाचित भएपछि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पार्टीलाई बिजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरे । वडादेखी पालिका अध्यक्ष सम्मको सम्पूर्ण पदमा पार्टीको उम्मेदवारलाई विजयी गराउने, उनले वताए ।

Leave A Reply

Your email address will not be published.