Ultimate magazine theme for WordPress.

नेपालको लागि नयाँ भारतीय राजदूतमा मन्जिभसिंह पुरी सिफरिस

129

काठमाण्डौं, फागुन १८ : भारत सरकारले मन्जिभसिंह पुरीलाई नेपालको नयाँ राजदूतमा सिफारिस गरेको छ ।

पुरी अहिले भारतका लागि बेल्जियमको राजदूत हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पुरीको नाम अनुमोदनका लागि नेपाल सरकारलाई आधिकारिक पत्र आइसकेको छ । १९८२ ब्याचका पुरी अहिले ५८ वर्षका छन् । नेपाल आउन लागेका सिंह यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जम्बर्गका लागि भारतीय राजदूत थिए । यही फेबु्रअरीमा उनको तीन वर्षे कार्यकाल पूरा भएको थियो । यसैबीच राजदूत रणजीत रायको कार्यकाल समाप्त भएको छ । तर, नयाँ राजदूत काठमाडौं आउन केही साता लाग्ने दूतावास स्रोतले बताएको छ ।

यसअघि नेपालदका लागि भारतीय राजदूतमा प्रिती शरण र दलवीर सिंहको चर्चा चलेको थियो । राजदूत रञ्जीत रेले नेपाल छाड्नुभन्दा केही घन्टाअघिमात्र पुरीको नियुक्तिको औपचारिक प्रक्रिया सुरु गरेको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रे तीन वर्षको कार्यकाल सकेर बुधबार नयाँ दिल्ली फर्कंदैछन्।

Leave A Reply

Your email address will not be published.