Ultimate magazine theme for WordPress.

निर्वाचन गराउन खोजे देशमा द्वन्द हुने निश्चित :प्रदिप यादव

82

बिरगंज, पुष १५: – संघिय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले मधेश आन्दोलन बाहेक कुनै विकल्प नरहेको बताएका छन् । आज बिरगंज सिटि संग टेलिफोनमा कुरा गर्दै अध्यक्षले प्रमुख तिन दलले मधेशलाइ भ्रममा राखेको बताए । वाहाले कांग्रेस, एमाले र माओवादीले झुटको खेति गर्दै गरेको आरोप समेत लगाए ।

जिल्ला शान्ति समितिका संयोजक समेत रहेका यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धिलाई समाप्त पार्ने खेलमा लागेको र प्रमुख सत्तारुढ दल काँग्रेसले दोधारे चरित्र देखाएको आन्दोलनका उपलब्धिहरु संकटमा पर्न लागेको आरोप लगाए।

यादवले सत्तारुढ दल माओवादीका अध्यक्ष पुष्प कमल दाहालले मधेश आफ्नो माइती भएको बताउछन् तर आफ्नो माइत संग गद्दारी गर्दै गरेको बताए ।

अध्यक्ष यादवले भने, ‘काँग्रेसले अहिले दोधारे चरित्र देखाएको छ, नेताहरुले संविधान संशोधन गर्नुपर्छ भन्ने अनि जिल्लामा कार्यकर्ता उतारेर संशोधनको विरुद्धमा आन्दोलन मच्चाउने, यो दोधारे चरित्र हो।

’ उनले काँग्रेस र एमालेको भूमिका नै आन्दोलनका उपलब्धिहरु धरापमा पार्ने खालेको रहेको बताउँदै भने, ‘काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो राजासँग मिलेर काँग्रेस तोडेर बहुदलीय व्यवस्था नै धरापमा पारेको ईतिहाँस छ, फेरी त्यही भूमिकामा जाने हो कि भन्ने खतरा छ।’

यादवले काँग्रेस–कम्युनिष्टहरु मिलेर मुलुकलाई प्रतिगमनतर्फ लैजान लागेको समेत आरोप लगाए। संबिधान संसोधन विधयेकलाई ओझेलमा पारी कुनै सर्तमा कुनै तहको निर्वाचन सम्भवतः नरहेको उनको भनाइ थियो |

अईले मधेश र मधेशको जनताले संबिधानमा बराबरको हिसेदारी खोज्दा निर्वाचनको कुनै अवचित्य नरहेको अईले देशमा विभिन्न समुदाय थारु दलित जनजाती मुस्लिम पिक्षरा वर्ग महिला लगायतको अधिकार समेत पुर्ण रुपले नसमेटिएको संबिधानमा निर्वाचनको देशमा यथास्थिति नरहेकोमा सरकारले झुठो प्रोपगाण्डा मचाएको बताए|

उनले भने यदि  प्रचण्ड सरकारले शक्ति प्रस्तुत गरि निर्वाचन गराउन खोज्यो भने देश द्वन्दमा जानु निश्चित रहेको बताए |

Leave A Reply

Your email address will not be published.