Ultimate magazine theme for WordPress.

नारायणि उपक्षेत्रिय अस्पतालको चरम लापरवाही, गर्भवति महिलाको लियो ज्यान

129

रितेश पटेल
पर्सा, ८ पौष ÷ वीरगंज स्थित रहेको नारायणि उपक्षेत्रिय अस्पतालको चिकित्सकको लापरवाहीले एक जना गर्भवति महिलाको मृत्यु भएको छ । गर्भवति महिलाको अपरेशन गरेको २ घण्टा नबितिदै व्यथाले छटपटाईरहेको कारण वीरगंज स्थित नेश्नल मेडिकल कलेजमा रेफर गरेपनि मृत्यु भएको हो ।
बाराको डुमरवानाबाट गर्भवति महिला मेनुका बिडारी नारायणि उपक्षेत्रिय अस्पतालमा चेकजाच गराउन आएपनि चिकित्सककै लापरवाहीले मृत्यु भएको पिडितको भनाई रहेको छ । मृतक मेनुका विडारीका आफ्न्त सुजन विडारीका अनुसार नियमित चेकजाच गर्ने र अप्रेशन गर्न आदेश दिने डाक्टर सुरेन्द्र चौधरीको आदेशले अप्रेशन गरिएको पिडित विडारीले जानकारी दिनुभयो । उहाले अप्रेशन भएको २ घण्टा नबितिदै स्वासप्रश्वासमा समस्या देखिन थालेपछि नेश्नल मेडिकल कलेजमा रेफर गरिएको बताउनु भयो । बिरामी विडारीमा स्वासप्रश्वास समस्या देखिदा आफुहरु संग आईसियुको सुविधा नरहेकोले नेश्नल मेडिकल कलेज लान चिकित्सकको सल्लाह बमोजिम लगिएको पिडित विडारीले बताउनु भयो ।
उहाले नारायणि उपक्षेत्रिय अस्पतालमा चेकजाच गर्ने र अप्रेशन गर्ने डाक्टर बिच सल्लाह सुझाव गरेर मात्रै अप्रेशन गरिएपनि घरको मान्छेहरुलाई केही त्यस्तो जानकारी नै नगराई खतरापूर्ण अप्रेशन गरी मारिएको आरोप लगाउनु भयो । अप्रेशन गर्नुभन्दा अगाडी डाक्टरले भन्नु पर्ने कुरा नै नभनि आफ्नो मनमौजी पाराले अप्रेशन गरिएको आरोप लगाउनु भयो । यो समस्या आफ्नै नभई सम्पूर्ण डेलिभरी गराउन आउने महिलाहरुको रहेकोले, कस कसको कमजोरी रहेको बारे छानबिन हुनुपर्ने बताउनु भयो ।
वीरगंज स्थित रहेको नारायणि उपक्षेत्रिय अस्पतालमा बारा, पर्सा, रौतहट गरी बिभिन्न ठाउ“हरुबाट बिरामीहरु चेकजाच गराउन आएपनि अस्पताल र चिकित्सकको लापरवाहीले बाध्य भई प्राइवेट क्लिनकहरुमा चेकजाच गराउन बाध्य भएका छन् । चिकित्सकहरुले आफ्नो मनमौजी पाराले उपचार गर्न थालेपछि स्थानिय तथा बाहिरबाट आएका बिरामीहरु चेकजाच गराउन समेत डराईरहेको बताइएको छ । तसर्थ ः स्वास्थ्य संग खेलवाड गर्ने डाक्टर माथि छानबिन गरी कानुको दायरामा ल्याउनु पर्छ ।

Leave A Reply

Your email address will not be published.