Ultimate magazine theme for WordPress.

नगर प्रमुख यादवलाई बदनाम गर्नेहरुको मुखमा जोडदार झापड

945

उमेश दुबे
बारा, २९ चैत्र ÷ मुलूकमा मात्रै नभई विश्वभरी फैलिएको कोरोना भाइरसको समयमा १९ औं दिनदेखी चलिरहेको लक डाउनको समस्याले गरिब, असहायलाई राहत बितरणको निम्ति वडाहरुले वाडिरहेको राहतमा आफ्नो नाम जोडेर विपक्षीहरुले बदनाम गर्न खोजेको कलैया उप—महानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले बताउनु भयो । उहा“ले यस अनलाइन संग कुरा गर्दै यस्तो महामारीको समयमा कुनैपनि पार्टीका असल नेताहरुले सहयोग गर्नुको साटो खुटा तान्ने काम गरिरहेको बताउनु भएको हो ।
आफ्नो पदको असल जिम्मेवारी नै नसम्झेर घटीया राजनीति गर्नेहरु जतिपनि बिद्रोह गरेपनि आफु जनताको सेवाबाट पछि नहटने अध्यक्ष यादवले बताउनु भयो । उहाले कलैया उपमहानगरपालिकाको कार्यपालिकाको बैठकबाट २७ वटै वडाका वडा अध्यक्षहरूले आ—आफनो वडाको बजेटबाट खाद्यान्न सामाग्री खरिद गरि राहत वितरण गर्न निर्णय भएको र सोही अनुसार वडा अध्यक्षहरूले चामल, नुन, खाने तेल, आलु, दाल आ—आफनो पायक पर्ने ठाउ“बाट खरिद गरि राहत वितरण भईरहेको जानकारी दिनुभयो । केही सञ्चार माध्यममा हु“दै नभएको कुराहरूलाई समेटेर समाचार प्रसारण, प्रकाशन भएकोमा आपति जनाउनु भयो ।
केही व्यक्तिहरुले आफ्नो राजनीतिक प्रतिशोधले प्रेरित भई सामाजिक संजालमा कलैया उपमहानगरपालिकाको नगर प्रमुखको नाम जोडेर भ्रामक सूचना लेखेकोमा समेत आपत्ति प्रकट गरेको आजको प्रेस बिज्ञप्तीमा उल्लेख छ । केही वडामा गुणस्तरहीन राहत वितरण भएको गुनासो आएपछि राहतको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराई छानबिन भईरहेको कलैया उपमहानगरपालिकाका अध्यक्ष राजेश राय यादवले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले छानबिन गरिरहेकै अवस्थामा यादव कोल्ड स्टोर र मेरो नाम मुछिएर भ्रामक समाचार बनाई आफुलाई बदनाम गर्ने षडयन्त्र भएको अध्यक्ष यादवले बताए । यादव कोल्ड स्टोर मेरो नाममा दर्ता नभएको र उपमहानगरपालिका स्तरबाट जाँचबुझगर्दा धनलक्ष्मी दाल मिल वीरगन्ज उद्योगका सञ्चालक तेजकरण शर्माले आफनो मुन्सी गोल्डेन सिंहलाई पठाई कोल्ड स्टोरमा रहरको दाल भाडामा भण्डारण गरेको र भणडारण गरेको स्थानबाट विक्रि वितरण गरेतापनि केही संचार माध्यमले सत्यतथ्य नबुझीकन नै मेरो नाम जोडेर समाचार प्रकाशन, प्रसारण गर्नु निन्दनीय कार्य रहेको बताउनु भयो ।
तसर्थ जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले गुणस्तरहीन सामग्री बारे छानबिन गरिरहेको र परिणाम आएपछि दोषी कार्बाहीको भागीदार बन्ने नै छन, अध्यक्षले भन्नु भयो । आफू सधै कलैया नगर र यहा“का जनताको बिकासप्रती कटिबद्ध रह“दै आएको र भविष्यमा समेत कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सत्य तथ्य बुझेर समाचार प्रकाशन, प्रसारण गर्न हुन सम्पुर्ण सञ्चारकर्मी ज्युहरुलाई आग्रह समेत गर्नुभयो । साथै विभिन्न राजनीतिक दलप्रती आस्था राख्ने मित्रहरुलाई मुलुकको यस्तो संकटपुर्ण अवस्थामा राजनैतिक प्रतिशोध नराखी उपमहानगरका जनताको हितमा हातेमालो गरेर लाग्न समेत अनुरोध गरेको बिज्ञप्तीमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.