Ultimate magazine theme for WordPress.

नगर कमिटिको सपथ ग्रहण सम्पन्न

142

वीरगन्ज,३ भदौ / सत्तारुढ दल नेकपाका प्रदेश २ मा पहिलो स्थानीय तहको रुपमा पोखरीया नगरपालिकामा नगर कमिटिको सपथ ग्रहण मंगलबार सम्पन्न भएको छ । नेकपा केन्द्रीय सदस्य एवं महानगर कमिटि इन्चार्ज दिनेश राईले नवगठित कमिटिका पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।
सपथ ग्रहणपछि बोल्दै नेकपाका पोखरिया नगर अध्यक्ष प्रधुम्न चौहानले पार्टी एकतालाई बलियो बनाएर जनजन सम्म परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आगामी दुईमहिना भित्र नगरपालिकाको सबै वडामा पार्टीको एकता टुंग्याउने र विकास तर्फ जनजागरण जगाउन र स्थानीय सरकार भएका कमी कमजोरीलाई उजागर गरी खबरदारी गर्न नेकपाको छायाँ सरकार गठन गर्ने उदघोष पनि गर्नुभयो ।
चौहानकै अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, प्रदेश सदस्य रामबाबु बैठा, जिल्ला कमिटि सदस्यहरु गोकर्ण पाठक, अनुप तिवारी लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.