Ultimate magazine theme for WordPress.

दोश्रो बर्थिङ्ग सेन्टरको उदघाटन

177

वीरगंज, ०३ असोज ।
पर्सा जिल्लाकै नमूना गाउँपालिकाको रुपमा रहेको छिपहरमाई गाउँपालिका वार्ड नं २ सानो टिहुकी सेढामा दोश्रो बर्थिङ्ग सेन्टरको उदघाटन भएको छ । जिल्लाको अति दुर्गम गाउँपालिका मानिने छिपहरमाईमा स्थानिय सरकार भएपछि उक्त गाउँपालिकाको मुहार फेरीएको छ । ०७४मा स्थानिय चुनाव भए संगै जनप्रतिनिधीका रुपमा गाउँपालिकामा निर्वाचित भएर आएका गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्तासहितको कार्य पालिका समिति आए देखीनै उक्त गाउँपालिकाको कायापलट भईरहेको छ । सुतकेरी हुदाँ बाध्यताबस भारतमा गइ सुतकेरी गराउने समस्याको समाधान गाउँपालिकाले गरेको छ । ०७६ जेष्ठमा गाउँपालिकामा पहिलो बर्थिङ्ग सेन्टर स्थापना गरेको थियो । गाउँपालिकाको जनसंख्या र क्षेत्रफल बढि भएकोले छिपहरमाई गाउँपालिका लगायत नावगावा क्षेत्रमा एउटा बर्थिङ्ग सेन्टर नरहेकोले सेढामा नव निर्मित बर्थिग सेन्टरको शुक्रवार कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बिधवत रुपमा उदघाटन गरेका थिए । बर्थिङ्ग सेन्टरको उदघाटन गर्दै अध्यक्ष गुप्ताले भने छिपहरमाई गाउँपालिकाको पाचै वटा वडाहरु बर्थिङ्ग सेन्टर स्थापना गरिने प्रतिबधाता गरेका छन् । वर्षौ पहिला देखि छिपहरमाई गाउँपालिका मा कुनै पनि बर्थिङ्ग सेन्टर नरहेको र हाल सम्म दुईवाट बर्थिङ्ग सेन्टर संचालन रहेको र गा.पा वडां.– १ मिर्जापुरमा ८० लाखको लागतमा चौथो बर्थिङ्ग सेन्टर स्थापना गर्ने योजना रहेको गा.पा अध्यक्ष गुप्ताले बताए अनुसार कतिपै महिलाहरु समयमा स्वास्थ्य संस्थाहरुमा नपुगदै बाटोमै अकाल मृत्युु हुने भएकोले सो लाई मध्यनजर गरि आफु जितेको दिन देखीनै पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा रहेको बताए । पहलो बर्थिंग सेन्टर छिपहरमाई गाउँपालिका को वार्ड नं ४ तुल्सीवर्वा मा स्थापना गरिएको छ । दोस्रो वार्ड नं २ टिहुकी सेढामा र तेश्रो वार्ड नं ३ जयमंगलापुरमा बर्थिंग सेन्टरको निर्माण सम्पन्न भईसकेको छ । पहिला यस क्षेत्रमा बर्थिङ्ग सेन्टर नहुदा महिलाहरुले प्रसुती गराउन भारतमा जाने गर्थिए अब हाम्रा गाउँपालिकाको महिलाहरुलाई प्रसुती गराउन भारत तर्फ जाने दिन गयो अब आफ्नै गाउँ ठाउँ सुरक्षित प्रसुती गराउने बर्थिङ्ग सेन्टर स्थापना भएको अध्यक्ष गुप्ताले बताए । यस बर्थिङ्ग सेन्टर बाट हजारौ महिलाहरुले लाभ लिने भएको अध्यक्ष गुप्ताको भनाई छ । छिपहरमाई गाउँपालिकामा रहेको बर्थिङ्ग सेन्टरमा प्रसुती गराउन आउने महिलाहरुलाई प्रोत्साहन स्वरुप गाउँपालिका बाट दुई हजार नगद समेत दिने गरेको छ । छिटो गाउँपालिकाले एम.बि.बि.एस डाक्टरको बहाली गरि स्वास्थ्य संस्थामा राखिने अध्यक्ष गुप्ताले प्रतिबधाता गर्नुभएको छ । स्वास्थ्य संस्थामा एम.बि.बि.एस डाक्टर बहाली भईसकेपछी यस क्षेत्रका जनताहरुले भारत र नेपालका बिरगंज, पोखरिया लगायत अन्य ठाउँहरुमा उपचार गराउन जानुपर्दैन आफ्नै ठाउँमा उपचार गराउन सक्ने अध्यक्ष गुप्ताले बताए । वार्डनं ५ भिस्वामा पनी बर्थिङ्ग सेन्टरको लागी सम्पुर्ण तयारी भईसकेकोे छ र आउने आर्थिक वर्षमा तयार गरि छिपहरमाई गाउँपालिकाको पाँचौ वार्डहरुमा बर्थिङ्ग सेन्टर स्थापना गरि स्वास्थ्य संस्थाहरुलाई मजबुत बनाउने अध्यक्ष गुप्ताले प्रतिबधाता गर्नु भएको छ । छिपहरमाई गाउँपालिकाको पाँचौ वाडाहरुमा बर्थिङ्ग सेन्टर स्थापना गरि पाँचौै बर्थिङ्ग सेन्टरमा एमबुलेन्स राखिने छ । गाउँपालिकामा अहिले एक मात्र एमबुलेन्स खरिद गरि संचालनमा रहेको र यस आर्थिक वर्षमा एउटा एम्बुलेन्स खरिद गरि तुल्सिवर्वा र सम्भौता सेढामा रहेको बर्थिङ्ग सेन्टरमा बितरण गरिने अध्यक्ष गुप्ता ले बताए । बर्थिंग सेन्टरमा ६ जना स्वास्थ्यकर्मीहरु रहने बताए । यस क्षेत्रका महिलाहरु लाई सुरक्षित, सहज, नजिक भएको कारण पैसाको पनि बचत भएको छ । बर्थिङ्ग सेन्टर संचालन भएकोले क्षेत्रका हजारौ महिला खुशी भएका छन । बर्थिङ्ग सेन्टर २४ घन्टा संचालनमा रहने छ । बर्थिङ्ग सेन्टर उदघाटन कार्यक्रममा छिपहरमाई गाउँपालिका, प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह, वार्ड अध्यक्ष महेन्द्र साह कलवार, राजबली यादव, रामबालक राउत गदी, बिनोद साह कानु ,मौजिलाल साह, स्वास्थ संयोजक शम्भु साह, पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता , शमसुल मियाँ ,मुक्ति नारायण साह कानु, बिजय चौरसिया बर्थिङ्ग सेन्टरका हेल्थ असिस्टेन्ट श्याम प्रसाद यादव, स्टाप नर्स सरोज कुमारी, सम्झना थलेत, अनमी मिरा चौरसिया, लगायत कर्मचारी र स्थानिय महिला पुरुषहरुको सहभागिता रहेको थियो । कार्यक्रमा अध्यक्ष गुप्ताले नवगवा मा.वी, मंगल मा.वीलाई प्लस टु संचालनमा रहेको, नवगव प्राविधिक शिक्षामा सुधार गर्दै, जयमंगलापुर देखी तुल्सिवर्वा जोडने पुलको निमार्ण कार्य र लागत ४ करोड ५० लाखको लागतमा शिलान्यास गरी तिब्रगतीमा निमार्ण कार्य अगाडि बढाउने, मिर्जापुरमा ८० लाखको लागतमा बर्थिङ्ग सेन्टर निर्माण सुरु गर्ने, वर्डा–२ सम्भौतामा बर्थिङ्ग सेन्टर निर्माण गर्ने, गा.पामा २४ घण्टा एम्बुलेन्स सेवा सुरु गर्ने, २ लाखको बबलिका स्वर्ण योजना बिमा प्रदेश २ मै पहिलो पटक गरेको र शिक्षा क्षेत्रमा सुधार गर्न १२ प्र.अहरु को सरुवा गरेको जस्ता कार्यहरु गरेको बताए ।

Leave A Reply

Your email address will not be published.