Ultimate magazine theme for WordPress.

देउवा राजनीतिले प्रहरीमा भाँडभैलो

56

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अडानले गर्दा नेपाल प्रहरीभित्र कचिंगल मच्चिएको छ । देउवाकै दबाबमा सरकारले आइतबार नेपाल प्रहरीको महानिरीक्षक (आईजी) तेस्रो बरियताका जयबहादुर चन्दलाई नियुक्त गरेको थियो ।

आईजीपीका लागि चन्दसहित नवराज सिलवाल, प्रकाश अर्याल, बमबहादुर भण्डारी लाइनमा थिए । ती मध्ये चन्द तेस्रो बरियताका हुन् । बरियता मिचेर आईजी नियुक्त गरिए विवाद हुने भन्दै कांग्रेसकै नेता तथा गृहमन्त्री बिमलेन्द्र निधिले पनि त्यसको विरोध गरेका थिए ।

तर आसन्न निर्वाचनलाई लक्षित गर्दै देउवाले बैतडीलाई आईजी नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिए । उनले चन्दलाई आईजी नबनाएर सत्ता ढाल्नेसम्मको चेतावनी दिएर प्रचण्डलाई अप्ठेरोमा पारेपछि सरकारले आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक पनि हतारहतार आइतबार विहान नौ बजे नै बोलाइएको थियो ।
बरिष्ठता मिचेर आईजीपी नियुक्त गर्न खोजिएको भन्दै शुक्रबार अधिवक्ता कपिलदेव भट्टले हालेको रिटमाथि सर्वोच्चले आइतबार सुनुवाई गर्ने भएपछि कार्यालय नखुल्दै मन्त्रिपरिषद् बैठकले चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
बरिष्ठता मिचेर आईजीपी नियुक्त गरिएको यो पहिलो घटना भने होइन । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला गृहमन्त्री भएका देउवाले २०४८ मा मोतिलाल बोहरालाई महानिरीक्षक बनाएका थिए ।

देउवाकै प्रभावमा एमाले नेता बामदेव गौतम गृहमन्त्री भएकाबेला पनि २०६५ मा रमेश चन्द ठकुरीलाई बरियता मिचेर महानिरीक्षक बनाइएको थियो । विवादस्पद बोहरा र ठकुरी दुवै छानबिनमा परेका थिए ।

अहिले पुनः कांग्रेस सभापति देउवाले आगामी चुनावमा बुथ कब्जा गर्ने योजनाका साथ तेस्रो बरियताका चन्दलाई आईजीपी नियुक्त गर्न सरकारलाई दिएको दबाबका कारण प्रहरी संरचनाभित्र भाँडभैलो मच्चिएको छ ।

बरियताका आधारमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख नवराज सिलवाल सर्वोच्च पुगेका छन् भने उनी सर्वोच्च जानुअघि नै दायर रिटको फैसला गर्दै सर्वोच्चले चन्दलाई आईजीपी नियुक्तको निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश दिएको छ ।

नियुक्तिको विवाद र सर्वोच्चको फैसलापछि सोमवार अवकास पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एआईजी दिनेशचन्द्र पोखरेल कार्यवाहक सुम्पिने तयारी गरेको स्रोतको भनाइ छ । पोखरेल प्रहरी अस्पतालका प्रमुख छन् ।

Leave A Reply

Your email address will not be published.