Ultimate magazine theme for WordPress.

दुईबुँदे सहमतिपछि पत्रकार महासंघमा लगाइएको ताला खुल्यो

69

काठमाडौँ, फागुन ६ : नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको छ। महासङ्घ र प्रेस युनियन नेतृत्वबीच शुक्रबार दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो।

महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो।सहमति पत्रमा युनियनले सरोकार राखेका विषयलाई सम्बोधन गर्दै महासङ्घले आजै विज्ञप्ति जारी गर्ने र युनियनले महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला तत्काल खोल्ने उल्लेख छ।

ताला खोलेपछि महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासङ्घले बुझेको बताउँदै महासङ्घ सबैको साझा संस्था भएकोमा जोड दिए।

युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाई मात्र महासङ्घको सदस्यता वितरण गर्नुपर्ने सुझाव दिए।

महासङ्घले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति अवगत गराउँदा पनि त्यसलाई बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको युनियनले जनाएको थियो। रासस

Leave A Reply

Your email address will not be published.