Ultimate magazine theme for WordPress.

दिन हो या रात बिरगंज महानगरपालिका सडकमा चल्छ मात्र चौपायाको राज

144

उमेश दुबे
पर्सा, १२ चैत्र / पर्साको एक मात्र महानगरपालिका बिरगंज महानगरपालिकाको मुख्य सडकहरूमा दिन हो या रात चल्छ चौपायाहरूको राज भन्ने उख्खान जस्तो भएको छ । बिरगंज महानगरपालिकाको मुख्य सडकमा जताततै चौपायाहरू बिगबिगी बढेपनी ट्राफिक प्रहरी र महानगरपालिका मौन भएका छन ।
मुख्य सडकमा चौपायाका कारण दिनप्रतिदिन दुर्घटनामा वृद्धि भएपनी सरोकारवाला मौन बस्नु बिडम्बनाको बिषय बनेको छ । बिरगंजवासीका भनाइ अनुसार स्थानिय तहको चुनाव सम्पन्न हुनसाथ बिरगंज शहर दुर्भाग्यले अध्यक्षको रूपमा सरावगी पाए । स्थानिय तहको चुनाव अगाडी बिरगंजको बिकासको लागि आफू लागि पर्ने बताएका बिजय सरावगी चुनाव सम्पन्न हुनसाथ बिरगंज शहरलाइ दिनप्रतिदिन बरबाद गर्दै गएको आरोप स्थानियवासीको रहेको छ ।
बिरगंज महानगरपालिकाको मुख्य सडकमा जताततै चौपाया घुमिरहेको र चौपायाको कारण बढ्दै गएको दुर्घटनालाई बेवास्ता गर्दै सरावगी महानगरपालिका कार्यालयलाइ कमाइ खाने भाडो बनाएको स्थानियहरू आरोप लगाएका छन । चौपायाको विषयमा बिरगंजको मुटु मानिने घण्टाघर अगाडी रहेका स्थानियले यस अनलाइन सङ कुरा गर्दै सरावगी अध्यक्षको रूपमा चयन हुनसाथ मात्र ठुला वडाहरूको कुरामा लागेको तर बिरगंजको बिकासको निम्ति कुनैपनि कदम नउठाएको आरोप लगाएका हुन ।
बिरगंज शहर देशकै आर्थिक नगरीको रूपमा चिनिएपनी बिरगंज शहर खोख्ला हुँदै गएको स्थानियको आरोप रहेको छ । बिजय सरावगी बिरगंज शहरलाइ नमूनाको रूपमा चिनाउन सकिने बिश्वास लिएका बिरगंजवासीको बिश्वास अन्यौलमा परेको छ ।

Leave A Reply

Your email address will not be published.