Ultimate magazine theme for WordPress.

दार्शनिक प्रवचन एव सर्कितनको तयारी पुरा

140

बीरगन्ज , चैत १२ गते ।
बीरगन्जमा यही चैत्र १४ गते बिहिवारदेखि सुरु हुने दार्शनिक प्रवचन एव मधुर सर्कितनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् । राधा माधव समितिको आयोजनामा बीरगन्ज बालमन्दिर परिसरमा दुई साता सम्म बिहान साधना र साझ प्रवचन हुने छ । यस आयोजनकोलागि दिव्य प्रवचनकर्ता बृन्दावन वासनी सुश्री श्रीश्वरी देवीजी मंगलवार बीरगन्ज आइसक्नु भएको छ । देवीजीलाइ राधा कुन्जमा साधकहरुले भव्य स्वागत गरेका थिए ।
चैत्र १४ गते देखी २८ गते सम्म १५ दिन हुने प्रवचनकालागि आवश्यक मन्च, पण्डाल निर्माण लगायतको सम्पुर्ण तयारी पुरा भैसकोको राधा माधव समिति बीरगन्जका अध्यक्ष सुनिल मल्लीकले जानकारी दिए । प्रवचनमा नारायणगढ, हेटौडा, कलैया, सिमावर्ती रक्सौल वाट दैनिक ४ देखी ५ हजार साधक एव भक्तजनहरु आउने अनुमान गरिएको अध्यक्ष मल्लीकले बताए । बाहिरवाट आउने भक्तजनहरुको लागि आवास र भोजनको निशुल्क व्यवस्था गरीएको आयोजक समितीले जनाएको छ ।
भक्तीमार्ग सिद्धान्तका प्रणेता जगतगुरु कृपालु जी महाराज का प्रचारीका सुश्री श्रीश्वरी देवी जीले हनुमत पद्दतीवाट रुपध्यान साधना हरेक दिन बिहान गराउनु हुनेछ । साधनामा मनपरिवर्तन र एकाग्रता साथै श्रवण, अस्मरणको माध्यम द्वारा मनुष्यले भागवत कृपा प्राप्ति कसरी गर्न सक्छन सो बारे धारावाहिक प्रवचन १५ दिन सम्म हुनेछ ।
यस अधि १५ वर्ष अघि मुकुन्दानन्द महाराज बीरगन्जमा यस्तै प्रवचन दिनु भएको थियो । १३ वर्ष अघि बीरगन्ज आदर्शनगर वाल मन्दिर नजिक राधा कुन्जधामको निर्माण भएको थियो जस्को समुदघाटन स्वम जगतगुरु कृपालु जी महाराजले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.