Ultimate magazine theme for WordPress.

थापा पनि सरकारमा जाने तयारीमा, संशोधनको पक्षमा मतदान !

111

काठमाडौं, २८ मंसिर । दुई राप्रपाबिच एकतापश्चात एकिकृत भएको राप्रपा पनि सरकारमा जाने तयारीमा जुटेको छ ।

सोमबार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दै राप्रपाका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीसहित ३ मन्त्री राप्रपाका तर्फबाट थपिए आफ्नो पार्टी सरकारमा जाने बताएको बताइएको छ ।

सरकारको विस्तारबारे छलफल भएको बताइएको पनि थापासँग प्रधानमन्त्रीको छलफलबारे बिस्तृत जानकारी दिइएको छैन । तर प्रधानमन्त्री स्रोतका अनुसार उपप्रधानमन्त्रीसहित राप्रपालाई अन्य २ मन्त्रालय थपिएको अवस्थामा राप्रपा सरकारमा सहभागी हुनुको साथै संसदमा दर्ता भएको संशोधन विद्येयकको पक्षमा मतदान गर्नेछ ।

यसअघि नै राप्रपाका तर्फबाट २ मन्त्रालयमा प्रतिनिधित्व छ । यसअघिका आपूर्ति र भूमिसुधार मन्त्रालय सहित यो छलफल सकारात्मक भएमा राप्रपासँग ५ वटा मन्त्रालय हुनेछ ।

स्रोतका अनुसार परराष्ट्र, स्थानिय विकास तथा पर्यटन मन्त्रालय थप गर्न भनेका छन् । प्रधानमन्त्री प्रचण्डले भने एकवटा नेतृत्वकारी र प्रभावकारी मन्त्रालय लिएमा अन्य साना मन्त्रालय थप गर्न सकिने तर रोजेको सबै मन्त्रालय भने दिन भने कांग्रेससँग छलफल गर्नुपर्ने बताएका छन् ।

यदी यो छलफलले सकारात्मक निष्कर्ष लिए सरकारलाई संशोधनको पक्षमा दुईतिहाइ मत पुर्याउन कुनै अप्ठ्यारो पर्ने छैन ।

 

Leave A Reply

Your email address will not be published.