Ultimate magazine theme for WordPress.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी अध्यागमनविरुद्ध नाराबाजी

225

काठमाण्डौ, १४ माघ / गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रुहरु अलपत्र परेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुंदा ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र परेका हुन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको बताउनु भयो । सर्भर काम गर्न छोडेपछि बैंकक जान लागेको थाई स्माइल, फ्लाई दुबई, कोलकता जान लागेको एयर इण्डिया र भारतको राजधानी दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका छन ।
महाप्रवन्धक ठाकुरले जनाए अनुसार अध्यागमनको सर्भर पटक पटक बिग्रिने गरेको र यस बिषयमा गृह मन्त्रालय र अध्यागमन बिभागलाई पटक पटक तोकेता गरेपनि सुधार हुन नसकेको बताउनु भयो । वायुसेवाबाट तेस्रो मुलुक जानुपर्ने दर्जनौं यात्रुहरु अलपत्र हुदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी अध्यागमनविरुद्ध नाराबाजी समेत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.