Ultimate magazine theme for WordPress.

तियर पुल निर्माणमा व्यापक भ्रष्टाचार, निर्माण भएको दुई बर्ष नबित्दै भासिन थालियो

220

उमेश दुबे
बारा, ३० भाद्र ÷ बारा जिल्लाको बरियारपुर अरुवा सडकमा पर्ने तियर खोला पुलको निर्माण भएको २ बर्ष नबितिदै भत्किन थालिएको छ । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय वीरगंज अन्तर्गत निर्माण भइरहेको सडकमा पर्ने तियर खोला पुलमा कमसल समाग्री प्रयोग भएको कारण भत्किन थालिएको हो । ४ करोड ४५ लाख ८० हजार १ सय ६९ रुपैयाको लागतमा निर्माण भएको तियर खोला पुलमा ठेकेदार कम्पनी र सडक विभागको चरम लापरवाही भएको खुल्न आएको छ । तियर पुल निर्माणको लागी पप्पु मोना जेभीले ठेक्का सकार गरेपनि कमसल समाग्री प्रयोग गरेको कारण भत्किन थालिएको यात्रुहरु बताउछन ।
तियर पुल निर्माण भएको २ बर्ष भएपनि प्रयोगमा आएको मात्र १ बर्ष पुरा भएको छ । पप्पु मोना जेभीले निर्माण गरेको तियर पुलको ढलान फुटन थालिएको छ भने आउ जाउ गर्ने यात्रीहरु दुर्घटनाको सिकार बन्न पुगेका छन । तियर पुलको ढलान फुटे पश्चात हेरिएको रडका कारण दुई वटा दुर्घटना भएको यात्रीहरु बताउछन । ढलान फुुटेको र एप्रेच सडकका कारण दुई वटा दुर्घटना भएको यात्री बताउछन ।
हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय वीरगंज र पप्पु मोना जेभी बिच २०६८÷असार ÷३१ गतेको मितिमा २०७०÷असार÷३० गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर ठेकेदार कम्पनीको लापरवाहीले पटक पटक म्याद थप गरी निर्माण गरेको पुल हालसम्म पुरा नभएको ईन्जिनियर रंजित कुमार रायले बताउनु भयो ।
पुलको कार्यमा ढलान सम्पन्न भएको बताएपनि पुलको ढलान नै फुटनु दुर्भाग्याको बिषय बनेको छ । यता पुल निर्माणमा भएको काम गुणस्तरहीन रहेको यात्रुहरुले बताएका छन । ठेकेदार कम्पनीदेखी लिएर सरकारी कार्यालयहरुको मिलोमतोमा भ्रष्टाचारको खेल भएको संज्ञा दिदै यात्रुहरुले आरोप लगाएका छन । तियर पुल निर्माण कार्यमा सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक रहेको भन्दै भ्रष्टाचारीहरुलाई कारवाहीको दायरामा ल्याउन मांग समेत गरेका छन ।
हुलाकी राजमार्ग योजना कार्यालय वीरगंज र ठेकेदार कम्पनीले गरिरहेको काम कारवाहीको बिषयमा सम्बन्धीत निकायले ध्यान पुरयाउन जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.