Ultimate magazine theme for WordPress.

तस्करीको मालसमान, प्रहरी नै संरक्षण गर्दै, प्रहरी प्रमुख मौन

268

उमेश दुबे
बारा, २५ मन्सिर / नेपाल र भारतको सीमाबाट तस्करी हुदा हुदैपनी सेटिङ्ग मिले पश्चात स्थानिय प्रहरी चौकी र बि.ओ.पि मौन बसेका छन भने जिल्ला प्रहरी प्रमुख संरक्षण दिदै आएको खबर प्राप्त भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरू तस्करी गराउन छुट दिएको यहि घटनाबाट प्रष्ट भएको हो ।
बारा जिल्लाको विभिन्न नाकाहरूबाट ट्रयाक्टर, पिकअप र साइकलको माध्यमले छोहडा, केराउ र मसुरोको अबैध धन्दा सुरू भएपनी स्थानिय प्रहरी प्रशासन मोटो रकमको नजराना बुझे पश्चात् मुखदर्शक बनेका छन भने जिल्ला प्रहरी प्रमुखले आफ्नो वर्दीको आडमा कमाइ खाने भाडो बनाएका भ्रष्ट प्रहरीहरूलाइ ढाकछोप गर्नमा आतुर रहेको हेरिएको छ । बिगत एक महिनादेखी सुरू भएको तस्करी हालसम्म सन्चालनमा छ तरपनी तस्करी रूकेको छैन, कारण हो मोटो रकमको नजराना ।

बिश्वकै एतिहासिक गढिमाइ मेलामा सुरक्षा दिनुपर्ने बहानामा प्रहरी प्रमुखकै निर्देशनमा ट्रयाक्टरको माध्यमले तस्करीको लाइन सुचारू गरिएको प्रहरी श्रोतले जनाएको छ । गढिमाइ मेला शान्ती रूपमा सम्पन्न भएपनी सीमाबाट तस्करी कार्य अशान्ती रूपमा चलेको श्रोतको दाबी रहेको छ । आफ्नो वर्दीको आडमा बाराका प्रहरीहरू कमाइ खाने भाडो बनाएपनी जिल्ला प्रमुख मौन बस्नु मिलोमतो रहेको बारे प्रष्ट पार्दछ ।
प्रती दिन २ देखि ५ वटा ट्रयाक्टरमा छोहडा, केराउ र मसुरो लोड भएर बाराको सीमा हुँदै भारत पुग्ने गरिरहेको छ भने बारा जिल्लाकै सिम्रौणगढबाट प्रती दिन ३ देखि ७ वटा पिकअपमा छोहडा तस्करी हुँदै भारत पुग्ने गरेको छ । इमन्दारिताको खोल ओढि प्रहरी प्रमुख आफ्नो कार्यालयमा बसेपनी उहाहरूकै निर्देशनमा तस्करीको लाइन चलाइएको यसै कामबाट प्रष्ट हुन्छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा बारा जिल्ला आएका प्रहरीहरू सीमालाइ कमाइ खाने भाडो बनाएका छन ।
बिगत केही महिना अगाडी पर्सा जिल्लाबाट ट्रयाक्टरको माध्यमले तस्करीको लाइन चलेको थियो तर सशस्त्र प्रहरी संगठनकै प्रमुख शैलेन्द्र खनाल र सशस्त्र प्रहरी बल, २ नम्बर बाहिनीका प्रमुख डिआइजी राजु अर्यालले वर्दीको आडमा कमाइ खाने भाडो बनाएका प्रहरीहरूलाइ धमाधम कारवाही गर्नसाथ पर्सा जिल्लाबाट तस्करीको लाइन ठप्प भयो । पर्साबाट तस्करी गर्ने गिरोह पुन: बारा जिल्लामा आफ्नो जडा गाडन सफल भएका छन, कारण हो पैसा ।
नेपाल र भारतको खुल्ला सीमा नाकाको फाइदा उठाउदै १-२ वटा साइकलको माध्यमले तस्करी हुनु स्वभाविक हो र रूक्दैन पनि तर रकमको लोभमा परि ट्रयाक्टरकै माध्यमले तस्करीको लाइन दिनु के कति प्रहरी प्रमुख इमन्दार रहेको बारे प्रष्ट पार्दछ । प्रहरी संगठन प्रमुख नै आफ्न्त रहेको फुर्ती हेराउदै जिल्लामा तान्डव मचाउनु के कति लाजमर्दो कुरा रहेको सर्वबिधितै छ । तसर्थ: आफू र आफ्नो संगठन इमन्दार ठानिने प्रहरी संगठन प्रमुखहरूको ध्यान यसतर्फ ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.