Ultimate magazine theme for WordPress.

तस्करको मतियार बन्दै पत्रकार

382

पर्सा, २ असोज / पर्सा जिल्लाको तस्करी बारे समाचार सम्प्रेषण हुनसाथ तस्करको मतियार बनेका एक जना भ्रष्ट पत्रकारले प्रहरी सहायक निरीक्षकको तरफदारी गर्दै समाचार सम्प्रेषण गरेको तथ्य सार्वजनिक भएको छ । बिगत लामो समयदेखी अनलाइन पोर्टल साइट केही रकम दमपच गरेको कारण ब्लक गरिएकोले पैसा निकाल्नको निम्ति प्रहरी सहायक निरीक्षकको तरफदारी गर्दै समाचार सम्प्रेषण गरेका हुन ।
आफ्नो घरायसी प्रयोजनको लागि प्रयोग हुने ग्यासको पैसा समेत तिर्न नसकेका पत्रकारले अनलाइन पोर्टल साइट ब्लक हुदा हदैसम्मको गैर कानूनी कार्य गर्दै आएको बारे प्रष्ट भएको छ । बिरगंजबाट पत्रकारिता सुरू गरेपनी आफ्नो आका भनिनेको इशारा र प्रहरी जवान तथा प्रहरी हवलदार जस्तो पदका ब्याक्तित्वहरूलाइ तरफदारी गर्दै आएको यस घटनाले पुष्ठि समेत गरेको छ । सीमा नाकाबाट तस्करी गराउन सिपालू रहेका ती पत्रकार बिरगंजको तिलावे पूलमा प्रहरीको बूट समेत खाएको भिडियो यस अनलाइनलाई प्राप्त भएको छ । तस्करको तरफदारी गर्दै आन्दोलन समेत गराएका ती ब्यक्तीलाई पर्सा प्रहरीले बूटले हिर्काएको दृश्य यो अनलाइनलाई प्राप्त भएको हो ।
आफ्नो पेशालाइ मर्यादित बनाउनुको साटो केही तस्कर दलालहरूको इशारामा केही भ्रष्ट प्रहरीको सहयोगमा उम्किदै आएका ती दलाल पत्रकार बिगतका दिनमा यातायातका दलाल समेत रहेको पछिल्लो तथ्यांकले दर्शाएको छ । आफ्नो पेशालाइ बदनाम गर्दै भ्रष्ट प्रहरीलाई ढाकछोप गर्दै आफ्नो कार्यलाई तिब्रता दिएको बारे यस घटनाले प्रष्ट पारेको छ । केही बर्ष अगाडी एक टेलिभिजनमा कार्यरत ती पत्रकार यस्तै रवैयाका कारण निकालिएका थिए ।
यस अनलाइनले पर्साको अमरपट्टिबाट हुन लागेको तस्करीको बिषयमा समाचार सम्प्रेषण गरेको थियो । आफू क्राइम टोलिबाट आएको भन्दै प्रहरी चौकी अमरपट्टिका प्रहरी सहायक निरीक्षकको धम्किपूर्ण भासा यस अनलाइनले सुरछित राखेको छ । तर तस्करका मतियार बनेका ती पत्रकारको कार्यले गर्दा सम्पूर्ण पर्सेली पत्रकारको बदनाम हुँदै गएको बारे दुइमत नरहेपनी समबन्धित निकायको मौनताले ठूलो प्रश्ण चिन्ह खडा गरेको छ । अहिलेपनी यस्ता ठग पत्रकार माथी सम्बन्धित निकायले ध्यान नपुर्याए आउने दिनमा सम्पूर्ण पर्सेली पत्रकारको बदनाम हुन नहुनेमा दुइमत छैन ।

Leave A Reply

Your email address will not be published.