Ultimate magazine theme for WordPress.

डिआईजी कार्की र अर्यालले दिए कडा निर्देशन, गल्ती गर्ने कर्मचारी माथि कारवाही गरिने चेतावनी

314

उमेश दुबे
पर्सा, १७ श्रावण ÷ प्रदेश नम्बर २ का प्रहरी प्रमुख द्वय डिआईजीले आ—आफ्नो मातहातमा रहेका जिल्लाहरुमा निगरानी बढाउनुको साथ साथै अवैध क्रियाकलाप गर्नेलाई कडा कारवाही गरिने निर्देशन दिएको बताएका छन् । सीमा नाकादेखी लिएर शान्ति सुरक्षा लगायतको कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरी इमान्दारीता पूर्वक कार्य गरिरहेको द्वय डिआईजीले बताएका हुन ।
प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुरका डिआईजी प्रधुमन कार्कीले आफ्नो मातहातमा रहेका ८ वटै जिल्लाहरुको प्रमुखलाई शान्ति सुरक्षा लगायत सीमाबाट हुने अवैध कारोवारहरुमा कडाई गर्न निर्देशन दिएको बताउनु भएको छ । नेपाल प्रहरीको पहिलो प्राथमिक्ताका अनुसार शान्ति सुरक्षालाई ध्यानमा राख्दै आफ्नो कार्य इमान्दारीता पूर्वक गर्न निर्देशन दिनु भएको हो । नेपाल प्रहरी संगठनको नीति निर्देशन विपरीत कार्य गर्ने कुनैपनि कर्मचारी संग समन्वय नगरी कारवाही अगाडी बढाइने बताउनु भयो । उहाले केही प्रहरी कर्मचारीले गर्दा नेपाल प्रहरी संगठन नै बदनाम हुने गरेकोले जिल्ला प्रमुखलाई यस्तो निर्देशन दिएको बताउनु भयो । डिआईजी कार्कीले भ्रष्ट कर्मचारीलाई जिल्ला प्रमुखले कारवाही नगरे आफुले कडा कारवाही गरिने समेत निर्देशन दिएको बताउनु भयो ।
त्यसैगरी सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ बाहिनीका प्रमुख डिआईजी राजु अर्यालले सीमा नाका सुरक्षा सशस्त्र प्रहरी बलको पहिलो दायित्व रहेकोले सबै जिल्लाहरुमा कडा रुपले निगरानी बढाउन निर्देशन दिनु भएको बताउनु भयो । नेपाल र भारतको सीमाको साथ साथै सीमाबाट हुने अवैध कारोवारहरुलाई समेत नियन्त्रण गर्न निर्देशन दिनु भएको बताउनु भयो । डिआईजी अर्यालले निर्देशन दिनसाथ सीमा नाकामा रहेका बि.ओ.पी लगायत गणहरुको निगरानी समेत बढेको पाइएको छ । डिआईजी अर्यालले सीमा नाकालाई कमाई खाने भाडो बनाउने प्रहरी अधिकृतहरु लगायत कुनैपनि कर्मचारीलाई बाकी नराख्ने चेतावनी दिनुभयो ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख द्वयको कडा निर्देशनले सीमा लगायत शान्ति सुरक्षामा निगरानी बढेको पाइएको छ । आ—आफ्नो संगठनको नीति निर्देशन विपरीत कार्य गर्ने कुनैपनि प्रहरी अधिकारीलाई बाकी नराख्ने डिआईजी द्वयले दिएको कडा निर्देशनले प्रदेश नम्बर २ मा प्रहरीको चहल पहल बढेको छ । प्रहरीको चहल पहलले अपराधी क्रियाकलापमा संलग्न व्यक्तिहरु समेत फरार भएका छन् भने सीमामा सशस्त्र प्रहरी बलको निगरानी बढेको पाइएको छ ।

Leave A Reply

Your email address will not be published.