Ultimate magazine theme for WordPress.

डिआईजी अर्यालको निर्देशनले सीमा नाकामा कडाई, हुन्डीदेखी अवैध मालसमानसम्म हुन थाल्यो बरामद

6,171

उमेश दुबे
पर्सा, २६ श्रावण ÷ सशस्त्र प्रहरी बल, प्रदेश नम्बर २ बाहिनीमा आउनु भएका डिआईजी राजु अर्यालले आफ्नो मातहातमा रहेका ८ वटा जिल्लाहरुको गणपतिहरुलाई दिएको ठाडो निर्देशनले सशस्त्र प्रहरीद्वारा सीमा नाकामा व्यापक रुपमा निगरानी बढाइएको छ । नेपाल र भारतको सीमा सुरक्षा जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले सीमा नाकामा निगरानी बढाउनसाथ हुन्डी कारोवारीदेखी लिएर अवैध तरिकाले ओसार पोसार गर्ने मालसमानहरु पक्राउ हुन थालिएको हो ।
प्रदेश नम्बर २ बाहिनी प्रमुखको रुपमा आउनु भएका डिआईजी राजु अर्याल आफ्नो मातहातमा पर्ने सबै जिल्लामा कडा निर्देशन दिए पश्चात सशस्त्र प्रहरी बलले सीमा नाकामा ब्यापक रुपमा परिचालन गर्नुको साथै सीमाबाट हुने अवैध कारोवारहरु समेत ठप्प भएको बुझिन्छ । सीमा नाकामा कडाई गर्नसाथ सशस्त्र प्रहरीले प्रदेश नम्बर २ मा पर्ने महोतरी जिल्लाको जलसागरबाट जिउमा बेरिएको अवस्थामा २१ लाख २२ हजार ७ सय ५ नेपाली रुपैया सहित एक जनालाई पक्राउ गर्न सफल भएको छ ।
सशस्त्र प्रहरी बल, ९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीको कमाण्डमा खटिएको टोलीले महोतरीको जलसागरबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । बिशेष सूचना आउनसाथ आफ्नै कमाण्डमा टोली निकालेको र पक्राउ समेत गर्न सफल भएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । त्यस्तै सोमवार बिहानको समयमा महोतरीको मटीहानीबाट १५ किलो ग्राम चांदी सहित एक जना नेपाली नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बतााउनु भयो ।
त्यस्तै डिआईजी अर्यालले सीमा नाकाबाट हुने अवैध कारोवारहरुमा संलग्न कर्मचारीहरु माथि धमाधम कारवाही गरिन थालेपछि वीरगंजको नाकामा समेत कडाई गरिन थालिएको प्रष्ट भएको छ । वीरगंजको श्रीसिया नाका तस्करहरुको अखडा बन्दै गएको बेला सशस्त्र प्रहरी बल, १३ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरको कमाण्डमा खटिएको टोलीले करिब ३ लाख बराबरको कपडा बरामद गर्न सफल भएका छन् । आइतवार रातिको समयमा भन्सार छलि अवैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक कुवरले जानकारी दिनुभयो ।
सीमा नाका हुदै दिनप्रति दिन बढ्दै गइरहेको तस्करीलाई न्यूनिकरण गर्न आफु लगायत आफ्नो पूरै टिम लागि परेको डिआईजी राजु अर्यालले बताउनु भयो । यस अनलाइन संग कुरा गर्दै आफ्नो क्षेत्रबाट हुने गरेको अवैध कारोवारीहरु संग कुनै किसिमको समझौता नगर्ने र गर्ने प्रहरीहरुलाई बाकी समेत नराख्ने बताउनु भयो । आफ्नो कार्यकालमा कुनैपनि कर्मचारी घुसखोरी अथवा मालसमान ओसार पोसारमा संलग्न भेटिए कारवाहीको भागिदार हुने बताए ।
नेपाल र भारतको सीमा नाकामा कडाई गर्ने निर्देशन आउनसाथ सीमा नाकाबाट लागु औषध, हुन्डी कारोवारी, कपडा लगायत अवैध तरिकाले आयात निर्यात गर्ने मालसमानहरु धमाधम पक्राउ हुन थालिएको छ । सीमा नाकाबाट हुने अवैध कारोवारहरुमा संलग्न प्रहरी अधिकृतहरु लगायत करिब ३५ जना भन्दा बढी प्रहरीहरुलाई कारवाही गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.