Ultimate magazine theme for WordPress.

डिआइजी श्रेष्ठको सरूवा हुनसाथ पर्साबाट फस्टाउदै तस्करी

328

उमेश दुबे
पर्सा, ६ असार / सशस्त्र प्रहरीका डिआइजी प्रबिण श्रेष्ठ सरूवा हुनसाथ पुन: बिरगंज भन्सार पछाडीबाट मरिचको तस्करी कार्य सुचारु भएको छ । विभिन्न सन्चार माध्यमबाट मरिच तस्करीको बिषयमा समाचार आउन थालेपछी नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सहयोगमा बिरगंज भन्सार पछाडी इनर्वा गाउँ हुँदै मरिच तस्करी तथा श्रीसियाबाट कपडा, हार्डवेयर, केराउ, मरिच लगायतको तस्करी कार्य सुचारू भएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण, बि.ओ.पि श्रीसिया, बिरगंज भन्सार राजस्व गस्ती टोलि र नेपाल प्रहरी तर्फबाट प्रहरी चौकी इनर्वा, सीमा प्रहरी चौकी छपकैयाको सहयोगमा तस्करी लाइन पुन: सुचारू भएको छ । असार महिना भित्रै सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षकहरूको सरूवा हुने भएकोले एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा सशस्त्र प्रहरी लागि परेको तस्करी फस्टाएकोबाट प्रष्ट हुन्छ ।
आज भन्दा ७ महिना अगाडि प्रदेश नम्बर २ सशस्त्र प्रहरी बल बाहिनीका प्रमुख प्रवीण श्रेष्ठको आग्मन हुनसाथ ठप्प पारिएको तस्करी लाइन पुन: सुचारू भएको छ । डिआइजी श्रेष्ठको आग्मन हुदा व्यापक रूपमा सादा पोशाकमा टोलि परिचालन गरेकोले तस्करीको लाइन ठप्प पारिएको थियो । डिआइजी श्रेष्ठको आग्मन हुदा तस्करी लाइनबाट रकम उठाउने सशस्त्र प्रहरी निरीक्षक लगायत घुमुवाहरूलाइ धमाधम कारवाही गरिन थालेपछी सबै जसो नाकामा सशस्त्र प्रहरीको निगरानी बढेको थियो ।
सशस्त्र प्रहरीका डिआइजी श्रेष्ठ इमान्दारिता पूर्वक कार्य गर्नथाले पछि प्रदेश नम्बर २ को विभिन्न ठाउहरूबाट ७ महिना नबित्दै करीब ७ करोड बराबरको मालसमान पक्राउ गर्नुको साथै सून, चान्दी लगायत अपराधी गतिविधिमा सन्लगनलाई समेत हतियार सहित पक्राउ गरेका थिए । आफ्नो संगठनको नीति निर्देशन बिपरित कहिलेपनी कार्य नगर्ने अडान लिएका डिआइजी श्रेष्ठको सरूवा हुनसाथ सीमामा खटिएका सशस्त्र प्रहरीकै सहयोगमा व्यापक रूपमा तस्करी कार्य फस्टाउनु बिडम्बनाको बिषय बनेको छ ।
सरूवा प्रकरण नियमित प्रक्रिया भएपनी १२ महिनाको कार्य अवधी रहेको प्रदेश नम्बर २ मा ७ महिनामै डिआइजी श्रेष्ठको सरूवा हुनु चर्चाको बिषय बनेको छ । डिआइजी श्रेष्ठ चाकरी गर्ने प्रविर्तीको नरहेकोले सरूवा हुन सक्ने चर्चा/परिचर्चा हुन थालिएको हो । डिआइजी श्रेष्ठ आफ्नो संगठन प्रती इमन्दार रहेपनी ७ महिनामै सरूवा हुनु कुनै ठुलै चलखेल रहेको बारे प्रष्ट पार्दछ ।

Leave A Reply

Your email address will not be published.