Ultimate magazine theme for WordPress.

डिआइजि अर्यालको नाममा बारा र पर्साबाट रकम असूली तिब्र

577

पर्सा, १२ मन्सिर / प्रदेश प्रहरी प्रमुखकै नाममा सीमाबाट तस्करीको रकम उठन थालेपछी तस्करी कार्य फस्टाएको छ । बिगत केही महिनादेखी बन्द रहेको तस्करीको लाइन सशस्त्र प्रहरी, सादा पोशाकमा टोलि परिचालन हुनसाथ डिआइजी राजु अर्यालको नाममा समेत व्यापक रकम उठेको बताइएको हो ।
पर्सा र बारा जिल्लाबाट डिआइजी राजु अर्यालको नाममा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाटै खटिएको सादा पोशाकको टोलिले रकम उठाउन थालेका छन । सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी राजु अर्याल आउनसाथ सीमा नाकाबाट हुने अबैध कारोबार बन्द रहेपनी हालको समयमा घुमुवाको रूपमा खटिने टोलिहरू रकम असूलीतर्फ अग्रसर हुदा सीमा नाकाबाट तस्करीको लाइन पुन: सूचारू भएको हो ।
सशस्त्र प्रहरी बल संगठन मै डिआइजी राजु अर्याललाइ एउटा असल र इमन्दार डिआइजीको रूपमा चिनिने गरेतापनी सादा पोशाकमा खटिने टोलिले महिनवारी स्वरूप केही तस्कर संगठन सङ्ग रकम बुझे पश्चात् असल र इमन्दार रहेका डिआइजी अर्याल माथी नै प्रश्न चिन्ह खडा भएको छ । सशस्त्र प्रहरी बल २ नम्बर बाहिनिबाट सशस्त्र प्रहरी निरीक्षक तुला चौधरीको कमान्डमा खटिएका सशस्त्र प्रहरी हवलदार सुदर्शन बैठा, सरोज यादव लगायतको टोलिले सीमा नाकाबाट रकम असूल गर्नसाथ तस्करीको लाइन फस्टाएको हो ।
डिआइजी राजु अर्यालको नाममा रकम उठाउनको निम्ति बिरगंज भन्सार राजस्व गस्ती टोलिका सशस्त्र प्रहरी निरीक्षक मोहन बहादुर केसिले समेत आफ्नो पद र वर्दीको दुरुपयोग गर्दै तस्करीको पैसा घुमुवा समक्ष पुर्याउने गरेको श्रोतले जनाएको छ । सादा पोशाकमा बारा र पर्सा जिल्लाको विभिन्न ठाउहरू पुगि सशस्त्र प्रहरी निरीक्षक केसिले महिनवारी स्वरूप रकम बुझ्ने कार्य गरेको आरोप श्रोतले लगाएका हुन । सशस्त्र प्रहरी निरीक्षक केसि बिरगंज भन्सार राजस्व गस्ती टोलिको साथ साथै बाहिनीको समेत रकम उठाएको श्रोतको दाबी रहेको छ ।
यस बिषयमा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजि राजु अर्यालले छानबिन गरि दोषीलाई कारवाही गरिने बताउनु भयो । आफुले सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको तर आफ्नो मातहातमा खटिने प्रहरीले बदमासी गरेको भए कडा कारवाही गरिने समेत बताउनु भयो ।
यता बिरगंजको श्रीसिया र भन्सार क्षेत्रका तस्कर संगठनहरू सङ्ग मोटो रकमको नजराना घुमुवा मार्फत सशस्त्र प्रहरी निरीक्षक चौधरी बुझेर गएको बताइन्छ । केही दिनको लागि बोर्डर आउट पोस्ट श्रीसियामा आएका सशस्त्र प्रहरी निरीक्षक तुला चौधरीले अनिल, सरोज, मुन्ना, नरेश नामक लगायत दर्जनौ तस्कर संगठन सङ्ग मोटो रकमको नजराना बुझेको बताइन्छ । केही दिन अगाडी घुसको रकम खाएको अभियोगमा सशस्त्र प्रहरी जवान सरोज यादवलाइ सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीले तानिएको थियो । तर सशस्त्र प्रहरी निरीक्षक तुला चौधरी बदनामी कमाएका जवान यादवलाइ श्रीसियामा ल्याइ उनकै माध्यमबाट लाखौ रूपैया असूल गरेको श्रोतले दाबी गरे ।
मुखमा राम राम बगलमे छुरी भन्ने भोजपुरी उख्खान जस्तै सशस्त्र प्रहरी बलमा पनि हुने हो कि हेर्न बाकी छ । तसर्थ : यस बिषयमा डिआइजी अर्याल र माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.