Ultimate magazine theme for WordPress.

जिओनीको सर्भिस सेन्टर वीरगन्जमा पनि

60

 वीरगन्ज, १७ फागुन – जिओनी, विश्व बजारमा अग्रपंक्तिमा रहेको मोबाइल ब्राण्डले बिरगञ्जमा एक्सक्लुसिभ मर्मत केन्द्र ‘जिओनी केयर सेन्टर’ खोलेको छ । आफ्नो ग्राहकवर्ग माझ थप विशेष सुविधा प्रदान गर्न जिओनीले नेपाल राज्यभर एक्सक्लुसिभ मर्मत केन्द्रहरु विस्तार गर्दैछन् ।

यी केन्द्रहरुमा दक्ष प्राविधिकहरु तथा उच्चस्तरिय प्रविधिबाट जिओनीका सबै मोडलहरुको मर्मत तुरुन्तै हुनेछन् । वीरगंज वडा नं. ८ स्थित हिमाल्यण बैंक छेउमा सेन्टरको एक भव्य समारोहका बिच उदघाटन गरिएको छ ।

सो अवसरमा एरिया सेल्स म्यानेजर मनोज दाहालले जिओनीले आउने दिनमा ग्राहकवर्गहरुमा गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्न जिओनी कम्पनीको आफ्नै सर्भिस सेन्टर खोलिएको बताउनु भयो ।

यस कार्यले यस क्षेत्रमा जिओनी ब्रान्ड अफै सफल हुदै जाने कम्पनीले दाबी गरेको छ । काठमाण्डौ उपत्यकामा जिओनीको एक्सक्लुसिभ मर्मत केन्द्र सी टी सि मल, सुन्धारामा रहेको छ भने उपत्यका बाहिर पोखरा, बिरगंज, इटहरी, नेपालगंज र चितवनमा अवस्थित छ ।

नेपालमा जिओनीले आफ्ना उत्पादन २०७० सालदेखि नै बजारमा उपलब्ध गर्दै आएको छ । जिओनीले आफ्ना मोबाइल फोनका मोडलहरु नयाँ पुस्ताको रोजाइलाई लक्षित गरेर प्रवर्धन गदै्र्र आएकाले जिओनीका ग्राहकहरु दिनानुदिन नेपाली बजारमा बढी रहेको छ । सो अवसमा जिओनीका बारा, पर्सा, रौतहटका करिब १०० जना रिटेलरहरुको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.