Ultimate magazine theme for WordPress.

जस्को हातमा लाठी उसैको भैंसी भन्ने तर्कमा हाम्रो देश नेपाल बन्दै

255

उमेश दुबे
पर्सा, २ जेष्ठ / हाम्रो देश नेपाल, केही बर्ष अगाडि शान्ती र समृद्ध भनेर चिनिन्थियो तर हालको समयमा राजनीति पार्टी बिभाजित हुँदै जादा पार्टीहरूमा नै दबङ्गै पारा बढ्दै गयो । राजनीति पार्टीका अध्यक्षहरू आ-आफ्नो पार्टी इमन्दार र जनताको पक्षमा रहेको प्राय सबै पार्टीले दावा गर्दै आएका छन । तर वास्तविकता चाहिँ जस्को हातमा लाठी उसैको भैंसी जस्तो हो ।
नेपाली जनताहरूको बिचमा फुट हाली विभिन्न पार्टीहरू समेत दर्ता भयो । पार्टीको नाउमा नेपाली जनता बिचमै द्वन्दको फुट हाली आन्दोलन समेत गराइएको बारे सर्वबिधितै छ । नेपाली जनताहरू बिच जातियताको द्वन्द गराइ धेरै जसो पार्ट्री मधेसी दलको नाममा समेत दर्ता भएको थियो । हिमाल, पहाड, तराइ भनेर चिनिने हाम्रो देश नेपालमा हालको समयमा राजनीति पार्टीले गर्दा नै ७ वटा प्रदेशको नाममा बिभाजन भएको बारे आम सर्वसाधारणमा अवगत भएको कुरा हो ।
हाम्रो देश नेपाल सानो तथा गरिब भनेर चिनिन्थ्यो तर साथ साथै शान्ती र समृद्ध समेत भनेर चिनिन्थ्यो । सन्सारकै देशहरूमा नेपाल नामक देश प्रख्यात र नमुना देशको रूपमा चिनिने गरिन्थियो । तर राजतन्त्र गए पश्चात् विभिन्न पार्टीहरू दर्ता हुँदै गयो र हालको समयमा पार्टीका अध्यक्ष लगायत कार्यकर्ता सहित लाठिकै भासा सुन्न समेत तलिन भए । मधेसी जनतालाइ फकाएर मधेसी नामले समेत पार्टीहरू दर्ता भयो तर मधेसीको नामले दर्ता भएको पार्टीका अध्यक्षहरू मधेसी समुदायहरू बिच नै द्वन्दको आगो बाली आन्दोलन समेत समय समयमा गराउने गरेको सर्वबिधितै छ ।
नेपाली जनतामै फुट हाली दर्ता भएका पार्टी हक र अधिकारको नामले आन्दोलन गराएका कारण सयौ मधेसी जनताले ज्यानको आहुती समेत दिएको कुरा पुरानो भएको छैन । देशको बिकासको लागि जम्मा गरिएको करोडौ रूपैया लिएर त्यही मधेसी नेताहरूले नेपाल सरकार सङ समन्वय गरिसके । आन्दोलन चलिरहेकै क्रममा रातरात करोडौ रूपैयाको हेराफेरी समेत भएको थियो । तर सोझा साझा मधेसी मूलका जनताले मधेसी पार्ट्रीकै सहयोगको निम्ति जुटेका थिए । सोझा साझा मधेसी जनतालाइ पार्टीका अध्यक्ष लगायतले ललाई फकाइ स्थानिय तहको चुनाव र सांसदीय चुनाव समेत मत लिन सफल भए ।
चुनाव पश्चात् सरकारमा गएका मधेसी नेताहरूको बिषयमा भन्डाफोर केही मिडिया मार्फत उजागर हुन थालेपछी पत्रकारहरू माथी समेत हातपात गरिएको छर्लङ्ग छ । नेपालकै आर्थिक नगरी भनेर चिनिने बिरगंज शहर, आन्दोलनको सुरूवात भनेर समेत चिनिने गरिन्छ । आफ्नो भन्डाफोर हुनथालेपछी मधेसी दलको नामले चिनिने पार्टीका अध्यक्ष ज्यूहरू पटक पटक पत्रकारहरू माथी दुर्ववहार गर्नुको साथै हातपात समेत गर्न पछि हटदैन्न । तर नेपालमा चौथो अङ्ग भनेर चिनिने पत्रकारहरू माथी पटक पटक भैरहेको दुर्ववहार प्रती नेपाल सरकार समेत मौन बस्नु बिडम्बनाको बिषय बनेको छ ।
सत्य, तथ्य र निस्पक्ष समाचार भनिने शब्द मात्र किताबमै सिमित हुन थालिएको छ । हाम्रो देश नेपालको छिमेकी देश भारतमा सन्चार क्षेत्र र नेपालको सन्चार क्षेत्रको बिषयमा तुलना गर्ने हो भने नेपालको सन्चार क्षेत्रको अवस्था समेत कमजोर हुँदै गएको महसूस गरिएको छ । कारण हो पार्टीका अध्यक्षहरूकै आदेशमा कार्यकर्ताद्वारा बढ्दै गएको सन्चार जगत प्रती आक्रमण ।
पत्रकारिता क्षेत्र स्वतन्त्र भनेर चिनिने र भनिनेहरू सङ मेरो एउटा प्रश्ण : पत्रकारिता क्षेत्रमा पार्टीगत भावना हुन थालेपछी कसरी पत्रकारितालाई स्वतन्त्र भनेर चिनिने र जानिने ? स्वतन्त्र पत्रकारको नाममा केही पत्रकारहरू समेत पार्टीको झोला बोक्न थालेपछी यस्तो दुर्ववहार र आक्रमणको सृजना हुन थालिएको प्रष्ट छ । पत्रकारिता क्षेत्र माथी पटक पटक भइरहेको राजनीति आक्रमणले गर्दा सत्य, तथ्य समाचारमा समेत कमि आउन थालिएको सर्वसाधारणले महसूस र समाजिक सन्जालबाट प्रष्ट हुन्छ ।
नेपाली जनता माझ पुर्याउने समाचार नै असत्य, अतथ्य र अनिस्पक्ष शब्दले प्रकासित हुन थालेपछी सम्पूर्ण सन्चार जगत माथी नै प्रश्नको बिषय बन्न थालिएको छ । सन्चार माध्यम स्थानियदेखी केन्द्रसम्म पार्टीको चपेटामा पर्न थालेपछी पटक पटक पत्रकारहरू माथी दुर्ववहार हुनुको साथै हातपात समेत हुन थालिएको दुई मत नरहेको बारे प्रष्ट हुन्छ । समयमै सचेत नभए नेपाल सरकारको सतामा गएका सताधारीहरूले पत्रकारलाइ तह लगाउन बेर छैन ।

Leave A Reply

Your email address will not be published.