Ultimate magazine theme for WordPress.

जनप्रतिनिधिकै कारण हवाहुरीले क्षति पुरयाएको उप—स्वास्थय चौकीको निर्माण कार्य हुन नसकेको स्थानीयको आरोप

286

उमेश दुबे
बारा, ६ असार ÷ बाराको फेटा गाउपालिका वडा नम्बर ७ स्थित रहेको उपस्वास्थय चौकीको छाना हावाहुरीले उडाएर लगेपनि स्थानीय जनप्रतिनिधिले चासो नहेराउदा निर्माण हुन नसकेको स्थानीयहरुले आरोप लगाएका छन् । स्थानीयहरुले बिनाश्कारी हवाहुरी आएको बर्षौ बिति सक्दापनि स्थानीय जनप्रतिनिधिले चासो नहेराएकै कारण उप सवास्थय चौकीको कार्य अलपत्र रहेको स्थानीयहरुले आरोप लगाएका हुन ।
फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद लगायत स्थानीय वडा प्रमुखले समेत चासो नहेराएकै कारण उप—स्वास्थय चौकीको निर्माण कार्य अधुरो रहेको स्थानीयले आरोप लगाएका छन् । उप—स्वास्थय चौकीको निर्माण कार्य नहुदा स्थानीयहरु चेकजाच गराउन कलैया र वीरगंज जानु परेको स्थानीयहरुले दुखेसो पोखेका हुन । अपना काम बनता भाड मे जाए जनता भन्ने उख्खान जस्तै हालको समयमा वडा अध्यक्ष महम्द हुसेन मियाले गरेको स्थानीयहरुले बताएका छन् ।
स्थानीय चुनाव सम्पन्न हुनसाथ वडा अध्यक्ष महम्द हुसेन मियाले आफ्नो मनोमानी तरिकाले बजेटको रकमबाट काम गर्दै आएको बताइन्छ । आफ्नो वडाहरुमा रहेको सार्वजनिक जग्गा लगायत अतिक्रमण गर्नुको साथै वडामा आएको रकम मनोमानी तरिकाले प्रयोग गर्दै आएको स्थानीयले बताए । एउटा गाउको लागि सभन्दा महत्वपूर्ण कुरो अस्पताल हुन्छ तर गाउमा उप—स्वास्थय चौकी हुदा हु“दै निर्माण हुन नसक्दा स—सानो चेकअप गराउन सदरमुकाम र पर्सा जिल्लाको वीरगंज जानु परेको बाध्यता खेप्दै आएको स्थानीयहरुले बताए ।
आफ्नो पद रहुन्जेल जे पनि गर्न पाइयो भन्ने सोचले ग्रसित वडा अध्यक्ष हुसेनको साथ साथै उप—मेयर लगायत गाउपालिका प्रमुख समेत उप—स्वास्थय चौकीको बिषयमा चासो नहेराउनुले प्रष्ट पार्दछ । नेपालमा बिनाश्कारी हवाहुरी आएको बर्षौ बिति सक्दापनि स्थानीय जनप्रतिनिधिले हालसम्म उप—स्वास्थय चौकी निर्माणको बिषयमा चासो नहेराउनुले जनप्रतिनिधिहरुको नियती माथि नै प्रश्ण खडा भएको स्पष्ट देखिन्छ, स्थानीयले भने ।
स्थानीय जन प्रतिनिधि जनताको साझाको रुपमा मानिए पनि जनताकै आशा र बिश्वास सग खेल्दै आएको यहि घटनाले प्रमाणित गर्दछ । फेटा गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष महम्द हुसेन मिया र उपाध्यक्ष कमरुल खातुनले समेत चासो नहेराएकै कारण आफ्नो वडामा विकासको कार्य हुन नसकेको स्थानीयहरुले आरोप लगाए । जुवातास खेल्दै जिविका पार्जन चलाइरहेका हुसेनलाई चुनाव जिताएरै गल्ती गरेको महसुस स्थानीयहरुले गर्न थालेका छन् । स्थानीय जनप्रतिनिधि लगायत क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका सासद समेत उप—स्वास्थय चौकीको बिषयमा चासो नहेराउनु लाजमर्दो कुरा रहेका स्थानीयले दुखेसो पोखे ।
तसर्थ स्थानीय जनप्रतिनि लगायत क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका माननीय ज्यूहरुको समेत यसतर्फ ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.