Ultimate magazine theme for WordPress.

जनजातिका माग सम्बोधन गर्छौंः प्रचण्ड

43

काठमाडौँ, पुस २९ :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक शक्ति सन्तुलनले भ्याएसम्म जनजातिका मागको सम्बोधन गर्न प्रयास गरिने बताएका छन्। नेपाल आदिवासी जनजाति महासङ्घका प्रतिनिधिसँगको बिहीबारको भेटमा प्रचण्डले सम्बोधन गर्न बाँकी जनजातिका मागको सङ्घीय आयोगमार्फत् अधिकतम सम्बोधन गरिने बताए।

भेटमा जनजाति अगुवाले विगतमा जनजातिसँग भएको सहमतिको कार्यान्वयन गर्न तथा स्थानीय तह पुनःसंरचना आयोगबाट विशेष, स्वायत्त र संरक्षित क्षेत्र निर्धारण गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्रीले संविधान संशोधन प्रस्तावमा सहयोग गर्न जनजाति अगुवालाई आग्रह गरेका थिए। जनजाति अगुवाले संशोधन प्रस्तावमा आफूहरुको सहमति रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रासस

Leave A Reply

Your email address will not be published.