Ultimate magazine theme for WordPress.

चोरी गर्दा गर्र्दै भारतीय नागकिर पक्राउ

167

वीरगंज, १५ मंसिर ÷
वीरगंज उपमहानगरपालिका वडा नं. २ रहमत टोलमा चोरी गर्दा गर्दै भारतीय नागरिक पक्राउ परेका छन् । घरमा कोई नभएको बेला चोरी गर्न गएका समुहबाट एक जना पक्राउ परेको स्थानियवासीले जनाएका हुन ।
चोरी हुने बेला स्थानियवासीले प्रहरीमा सूचना दिनसाथ वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक निशान्त थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक थापाका अनुसार आज करिब बिहान ४ बजेको समयमा घरमा कोई नभएको बेला चोरी गर्न उदेश्यले गएकाहरु मध्ये एक जनालाई पक्राउ गर्न सफल भएको बताए । घरमा कोई नभएकोले के÷कति समानहरु चोरी भएको बारे यकिन गर्न नसकेको उनले बताए । चोरी गर्ने क्रममा पक्राउमा परेका भारतको रक्सौल निवासी रहेको र थप अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निशान्त थापाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.