Ultimate magazine theme for WordPress.

चोरीको समाग्री खरिद गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

129

बारा, १३ माघ / कलैया उप—महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मोहन साह कानुलाई बारा प्रहरीले पक्राउ गरेको छ । चोरीको समाग्री खरिद गरेको आरोपमा कलैया उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कानुलाई बारा प्रहरीले पक्राउ गरेको हो ।
बिगत केही दिनदेखी कलैया बजार स्थित रहेको किराना लगायतका पसलहरुमा चोरीको क्रम बढेपछि बारा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिन सफल भएको थियो । चोरीको घटनामा संलग्न रहेको बालकको ब्यानको अधारमा वडा अध्यक्षलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबेन्द्र बोगटीका अनुसार चोरीको समाग्री खरिद गरेको आरोपमा वडा अध्यक्षलाई पक्राउ गरिएको बताए । उनका अनुसार वडा अध्यक्ष मोहन साह कानुलाई नियन्त्रणमा लिई अवाश्यक अवाश्यक छानबिन गरिरहेको बताए ।

Leave A Reply

Your email address will not be published.