Ultimate magazine theme for WordPress.

घुस्याहा कार्यालय प्रमुख नचाहिने भन्दै मालपोत कार्यालयमा बिरोध

181

वीरगंज,०३ फाल्गुन ।
लेखनदास र सेवाग्राहीको विरोधका कारण विहान ११ बजे देखी वीरगंज स्थीत रहेको मालपोत कार्यालयको कामकाज ठप्प भएको छ । मालपोतमा रहेका कर्मचारीहरुले जग्गा सम्बन्धी काम लिएर आउने सेवाग्राहीहरु संग अवैध घुस रकम माग्ने गरेको सेवाग्राहीले आरोप लगाउदै विहानै देखी मालपोत कार्यालयमा विरोध प्रदर्शन गरेका हुन।
पर्साको विभिन्न गाउ गाउबाट जग्गा सम्बन्धी काम लिएर आउने सेवाग्राही संग सानो सानो कामका लागी पनि पैसा माग्ने गरिएको र नदिए कामै गर्दैनन मालपोतका कर्मचारीहरु पैसा संकलन गर्न मालपोतका विभिन्न फाट अर्थात शाखाहरुमा ११ जना विचौलीया राखीएको स्थानीयको आरोप छ ।
मालपोत कार्यालय वीरगंजका प्रमुख गम बहादुर विकले एक स्थानीय रेडीयोमा मालपोतमा काम गर्ने लेखनदासहरुलाई दलाल भनेको भन्दै मालपोत कार्यालय भित्र लेखापढि गर्ने लेखनदासहरुले पनि कार्यालय प्रमुखको विरोध गरेका छन । मालपोत प्रमुखले लेखनदासहरुलाई भनिएको दलाल शब्द प्रती आपति जनाउदै कार्यालय परिसरमै कामकाज ठप्प पारेर विरोध प्रदर्शन गरेका छन । यस बारेमा मालपोत प्रमुखले आफुलाई कुनै जानकारी नभएको बताउदै वहाहरु एक्कासी आएर विरोध प्रदर्शन गरेको बताउनु भयो ।
मालपोत कार्यालयमा ११ जना विचौलीया राखेको सवालमा उनले तामेली फाटमा कर्मचारीहरु अपुग भएकोले एकजना पुर्व कर्मचारीलाई ज्यालादारीमा राखीएको स्वीकार गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.