Ultimate magazine theme for WordPress.

घाटी रेटी हत्या गर्ने समूह बारा प्रहरीको फान्दामा

64

उमेश दुबे
बारा, १४ कार्तिक ÷ बाराको कलैया उपमहानगरपालिकामा एक जना बृद्धलाई घाटी रेटी हत्या गर्ने अभियुक्तहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । मंगलवार जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा घाटी रेटी हत्या गर्ने घटना ४ दिन नबितिदै पक्राउ गरिएको बारा प्रहरीले जनाएको हो ।
कलैया उपमहानगरपालिका वडा नं. २३ कोइरिया टोल निवासी ६५ बर्षिय नन्दलाल कुर्मिलाई शनिवार घाटी रेटी हत्या गर्ने ४ जनाको समूहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सानु राम भट्टराईले बताउनु भयो । प्रहरी उपरीक्षक भट्टराईले अनुसन्धान गर्दै जादा धारिलो हतियार प्रयोग गरी हत्यामा संलग्न ४ दिन नबितिदै ४ जनालाई पक्राउ गरिएको बताउनु भयो ।
पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी बिरेन्द्रलाल प्रसाद जैश्वार, राअयोध्यादास तत्मा, बिशाल पटेल र बैजनाथ राउत कुर्मी रहेको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई बारा जिल्ला आदालतबाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.