Ultimate magazine theme for WordPress.

घरायसी समाग्री खरिद गरि फर्किदा सशस्त्र प्रहरी जवानले गरे यस्तो हालत

1,255

पर्सा, १० भाद्र / भारतबाट घरायसी समाग्री खरिद गरि नेपाल फर्किदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले एक जना महिला माथी हातपात गर्नुको साथै अभद्र व्यवहार गरेको समाचार प्राप्त भएको छ । समाचार प्राप्त अनुसार बिरगंज भन्सार राजस्व गस्ती टोलिका सशस्त्र प्रहरी जवानले अभद्र ब्यवाहर गर्नुको साथै हात समेत गरेका हुन ।
भारतको रक्सौलबाट घरायसी समाग्री खरिद गरि नेपाल फर्किदै गर्दा बिरगंज भन्सार राजस्व गस्ती टोलिका सशस्त्र प्रहरी जवान भरत लामिछानेले मालसमान खोस्नुको साथै आफू माथी हातपात गरेको बताइन । हातपातमा पनि हातै चिरेको अवस्थामा रहेको फोटो बाटै प्रमानित हुन्छ । बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख अमर खत्री कै निर्देशनमा सशस्त्र प्रहरी जवान लामिछाने खटिने गरेको उहाकै सशस्त्र प्रहरी श्रोतले जनाएका छन । मूल भन्सार अगाडीबाट हुने अबैध आयात निर्यातको कार्य मिल्ने मिलाउने कार्य सशस्त्र प्रहरी जवान भरत लामिछाने गर्ने गरेको श्रोतको दाबी रहेको छ ।
यता बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले भारतबाट अबैध तरिकाले ३ जना महिला समुहले कपडा लिएर आइरहेको सूचना पाउनसाथ मालसमान पक्राउ गरिएको बताए । उहाले ३ जना महिलाले २३ पिस साडी बोकि अबैध तरिकाले नेपाल भित्रयाउदै गर्दा पक्राउ गर्ने अवस्थामा हातै चिरेको अवस्थामा पुग्न सक्ने बताउनु भयो । उहाले मालसमान पक्राउ गरिएपनी महिलालाइ नियन्त्रणमा नलिएको स्विकार्नु भयो । सशस्त्र प्रहरीको महिला प्रहरीद्वारा पक्राउ गरिएको डिएसपी खत्रीले बताएपनी महिलाहरूले आफूलाइ सशस्त्र प्रहरी जवान भरत लामिछाने लिएर आइरहेको ३ वटा साडी पक्राउ गर्नुको साथै अभद्र व्यवहार गरेको आरोप लगाएका छन छन ।

Leave A Reply

Your email address will not be published.