Ultimate magazine theme for WordPress.

गौतम स्कूलको परीक्षा रद्ध

110

पर्सा, ८ बैशाख / युवा संघ नेपाल पर्सा र स्वतन्त्र अभिभावकको सन्युक्त पहलमा गौतम स्कूलको परीक्षा रद्ध गरिएको छ । आज सन्युक्त रूपमा बिधालयमा पुगि परीक्षा रद्ध गरिएको बिषयमा समाजिक सन्जालबाट उजागर भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकाय सङ्ग सहमती गरि गौतम स्कूलको परिक्षा रद्ध गरिएको बिषयमा अनिल पटेलले जानकारी दिनुभयो । कोरोनाको समयमा जिल्ला शिक्षाले बिधालयहरू बन्द गर्न बिज्ञपति जारी गरेपनी आफ्नो मनोमानी ढङ्गले बिधालय सन्चालन गर्दै आएको र उक्त कार्यको बिरोध गर्दै सबै जनाको सहमती अनुसार नै बिधालय बन्द गर्नुको साथै परीक्षा समेत रद्ध गराउन सफल भएको युवा संघका केन्द्रिय सदस्य अनिल पटेलले जानकारी दिनुभयो ।
युवा संघ पर्साका अध्यक्ष भुपेन्दर साह, केन्द्रीय सदस्य अनिल पटेल, जिल्ला सचिव रवि गुप्ता अभिभावक लगायतको उपस्तिथी रहेको थियो।

Leave A Reply

Your email address will not be published.