Ultimate magazine theme for WordPress.

गाडी दुर्घटनामा पटेलको मृत्यु, ३ घाइते

3,240

उमेश दुबे
पर्सा, १७ माघ / बिरगंजमा गएराती गाडी दुर्घटनामा परि पटेलको मृत्यु हुनको साथै ३ जना घाइते भएका छन । बिरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली चौकमा राती करीब १२ बजेको समयमा भएको दुर्घटनामा पटेलको मृत्यु हुनको साथै ३ जना घाइते भएका हुन ।

घन्टाघरबाट पावरहाउस आउने क्रममा सो दुर्घटना हुन पुगेको बताइएको छ । बा १५ च ७७७१ नम्बरको स्कोर्पियो गाडी दुर्घटना हुदा चालकको मृत्यु हुनको साथै ३ जना घाइते भएको प्रहरीले जनाएको छ । बारा जिल्लाको परवानिपुर गाउपालिका वडा नम्बर ५ बहुवरी निवासी अजय पटेलको १६ वर्षिय छोरा अकास पटेलको मृत्यु भएको हो । घाइते हुनेहरूमा जिल्ला बारा फेटा गाउपालिका वडा नम्बर १ भलुही निवासी कपिल दासको १७ वर्षिय छोरा धिरेन्द्र दास, बिरगंज महानगरपालिका वडा नम्बर १० रानिघाट निवासी सोनु साह र बिरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगर बस्ने अरबिन्द पुरिको १८ वर्षिय छोरा ओम पुरि रहेको पर्सा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.