Ultimate magazine theme for WordPress.

गाईपालनको कार्यमा कृषकहरुको आकर्षण बढ्दै

239

रितेश पटेल
पर्सा, ६ पौष ÷ पर्सामा गाइपालन गर्नेको लहरै चलेको छ । गाइपालन गरी लाखौ मासिक कमाउने उदेश्यका साथ गाइपालन गर्ने तर्फ कृषकहरुको आकर्षण बढेको हो ।
पर्साको वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा २२ लाखको लगानीमा संचालनमा ल्याएको गाइपालनबाट लाखौ आम्दानी भएको कृषक बिरेन्द्र यादवले बताउछन् । कृषक यादवले टि.भि. टुडे टेलिभिजन संग कुरा गर्दै २२ लाखको लगानीमा संचालन गरी प्रति महिना १ लाख ४० हजार आम्दानी हुने गरेको बताए । गाईपालनको कार्यमा ४ जना कामदारलाई राखिएको र प्रति कामदारलाई १६ हजारको मासिक तलब दिने गरेको कृषक बिरेन्द्र यादवले बताउनु भयो ।
आठ महिनादेखी शुरु गरेको व्यवसायमा १० वटा गाई पालन गरेको र गाईले दिएको दुध बिक्रि बितरण गरी लाखौ रुपैया आम्दानी हुने गरेको बताए । कृषि क्षेत्रमा गाइपालन गर्नु नै पुन्यका साथ साथै राम्रो आम्दानीको श्रोत पनि भएको संचालक यादवले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.