Ultimate magazine theme for WordPress.

गढिमाइ मेलाको सुरक्षा ब्यवस्थामा कुनै सम्झौता नगर्ने : प्र.उ.खनाल

500

उमेश दुबे
बारा, २९ कार्तिक / मन्सिर १ गतेदेखी शुरू हुन लागेको पाच वर्षिय गढिमाइ मेलाको सुरक्षा ब्यवस्थामा कुनै सम्झौता नगर्ने प्रहरी उपरीक्षक बिकाश राज खनालले बताउनु भयो । उहाले जन गुनासो डेलि अनलाइन सङ्ग कुरा गर्दै पाँच बर्षमा एक चोटि लाग्ने गढिमाइ मेलाको सुरक्षा ब्यवस्था कडा बनाइने योजना बनाइसकेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बिकाश राज खनालले आएदिन देखि नै जिल्लामा कडाइ गर्ने निर्देशन दिइएको र हाल अपराधी गतिविधिमा समेत कमि आएको ठोकुवा गर्नु भयो । गढिमाइ मेलामा व्यापक रूपमा प्रहरी परिचालन गरि सुरक्षा ब्यवस्था कडा बनाइने प्रहरी उपरीक्षक खनालले बताउनु भयो । उहाले जिल्ला प्रशासन कार्यालय बारा सङ्ग सहकार्य गर्दै सशस्त्र प्रहरीलाइ समेत समन्वय गरि सुरक्षा ब्यवस्था कडा बनाउने बताउनु भयो ।
गढिमाइ मन्दिरमा डिएसपीको कमान्डमा टोलि परिचालन गर्नुको साथै सादा पोशाकमा समेत व्यापक रूपमा प्रहरी परिचालन गर्ने खनालले बताउनु भयो । प्रहरी उपरीक्षक खनालले सीमादेखी गढिमाइ मेलासम्मको सुरक्षा ब्यवस्था कडा बनाइएको बताउनु भयो । उहाले गढिमाइ मन्दिर लगायत ठाउँ ठाउमा सिसिटिभी केमराको माध्यमले निगरानी समेत गर्ने गरेको बताए । बारा जिल्लाकै एतिहासिक मन्दिर तथा बिश्वकै प्रसिद्ध गढिमाइ मेलाको सुरक्षा ब्यवस्थामा कुनै सम्झौता नगर्ने बताउनु भयो ।
मेलाको अवसरमा केही अपराधी क्रियाकलाप हुन नदिन स्थानिय तथा भक्तजनको समेत आवश्यकता पर्ने बताउनु भयो । त्यस्ता गतिविधि देखे, प्रहरीमा जानकारी दिएर सहयोग गर्न हुन प्रहरी उपरीक्षक खनालले अपिल गर्नुभयो । मेलामा सुरक्षा ब्यवस्था दिने सम्पूर्ण तयारी पूरा भइसकेको र मेला पूर्ण रूपमा शान्तीपूर्ण तरिकाले सम्पन्न हुने बिश्वास लिएको प्रहरी उपरीक्षक बिकास राज खनालले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.