Ultimate magazine theme for WordPress.

खाल्टोमा पुरिएको अवस्थामा युवतीको शव फेला, हत्याको आशंकामा एक पक्राउ

55

कैलाली, फागुन ४ : धनगढी उपमहानगरपालिका–१२ जुगेडामा एक युवतीको शव हत्या गरेर घरनजिकैको खाल्टोमा पुरिएको अवस्थामा फेला परेको छ। गत माघ २७ गतेदेखि बेपत्ता भएको भनिएकी १६ वर्षीय अञ्जली सिंहलाई हत्या गरेर घरनजिकै खाल्टोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मंगलबार फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए।

छ दिन अघिदेखि छोरी हराएकाले खोजी गरिदिन भनी अञ्जली पक्षबाट मङ्गलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो भने त्यसको लगत्तै गरिएको अनुसन्धानबाट शव युवक हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टो अवस्थामा फेला पारेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्दले बताए।

अञ्जली र हिक्मत दुबैबीच केही समयदेखि प्रेम सम्बन्ध रहेकाले अञ्जली हिक्मतको घरमा बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धानका लागि हिक्मत सिंहलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । रासस

Leave A Reply

Your email address will not be published.