Ultimate magazine theme for WordPress.

क्वारेन्टाइनमा रहेका डिएसपी खत्री घुमुवाको माध्यमले मचाए सीमामा आतंक

371

उमेश दुबे
पर्सा, १० भाद्र / सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्री कोरोना सन्क्रमित भएर क्वारेन्टाइनमा रहेपनी उनकै निर्देशनमा घुमुवाहरू चान्दा आतंक मचाएका छन । नेपाल र भारतको सीमा सील रहेको दाबी गर्ने सशस्त्र प्रहरी बल नेपालका प्रमुखकै आदेशलाइ धज्जी उडाउदै घुमुवाहरूले चान्दा आतंकमै सिमित रहेको हेरिएको हो ।
तस्कर संगठन सङ्ग रकम उठाउन बोर्डर आउट पोस्ट भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले ३ जनालाइ घुमुवा परिचालन गरेका छन । क्वारेन्टाइनमा रहेका डिएसपी खत्रीले सशस्त्र प्रहरी सहाहक हवलदार प्रदिप केशरी, सशस्त्र प्रहरी सहायक हवलदार राजदेव पटेल र सशस्त्र प्रहरी जवान महेश हजरालाई घुमुवामा खटाएका छन । डिएसपीले खटाएका ३ जनै घुमुवाहरू बारा र पर्सा जिल्लाको सीमा नाकाहरूमा चान्दा आतंक मचाएका छन ।
सशस्त्र प्रहरी संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनालले आफ्नो संगठनमा कुनै किसिमको घुमुवा परिचालन नभएको ठोकुवा गरिरहेकै बेला बोर्डर आउट पोस्ट भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षकले घुमुवा परिचालन गरेको पाइएको छ । भन्सारबाट खटिएका ३ जनै घुमुवाहरूको दरबन्दी अन्यत्र भएपनी संगठनकै माथिल्लो निकायको आशरामा पटक पटक बिरगंज भन्सार मै आउने गरेका छन ।
सशस्त्र प्रहरी सहायक हवलदार प्रदिप केसरीको दरबन्दी ११ नम्बर गण, सशस्त्र प्रहरी सहायक हवलदार राजदेव पटेलको दरबन्दी ६ नम्बर गण र सशस्त्र प्रहरी जवान महेश हजराको दरबन्दी १ नम्बर प्रदेशको ३९ नम्बर गणमा रहेपनी माथिल्लो निकायकै आशीर्वादले पटक पटक भन्सारमा आउन सफल भएका छन । बर्शौदेखी भन्सार कार्यालयमा आउनु मात्र आर्थिक चलखेल रहेको बारे प्रष्ट पार्दछ ।
यता सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीका प्रमुख डिआइजी कृष्णभक्त ब्रम्हचार्यले सीमा नाकाहरूमा कडाइ गर्न निर्देशन दिएपनी सशस्त्र प्रहरी बल नेपालकै नीति निर्देशनलाइ खिल्ली उडाउदै अबैध तरिकाले आयात निर्यात गर्ने तस्कर संगठन सङ्ग घुमुवाहरूको साटघाट रहेको खुलेको छ । पर्साको श्रीसिया, अलौ, अमरपटी, भिस्वा, जानकीटोला र आसवारीबाट काम गर्ने तस्कर गिरोह सङ्ग साट्घाट गरि घुमुवाहरूले लाखौ रूपैया आर्जन गर्न सफल भएका छन । हालको परिस्थितिले गर्दा भारतबाट चल्ला, कपडा, हार्डवेयर, रजनिगन्धा, राजनिवास लगायतका समानहरूको तस्करी बढेको छ ।
सशस्त्र प्रहरी संगठनकै खिल्ली उडाउदै गरिरहेको कार्य निन्दनीय रहेपनी माथिल्लो निकायको मौनतले संगठन प्रती नै प्रश्न चिन्ह खडा भएको छ । सीमा नाकाको प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बल नेपालको रहेपनी मात्र मासिक घुस लिने दिनेमै सिमित हुन थालिएको छ । तसर्थ यस्ता क्रियाकलाप गर्ने घुमुवाहरूको साथै जिम्मेवारी बहन गरिरहेका डिएसपी खत्री माथी पनि माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.