Ultimate magazine theme for WordPress.

क्रियाशील पत्रकारहरुले महासंघ पर्सा शाखामा लगाए भोटे ताल्चा

142

पर्सा, ११ चैत्र ÷ पर्सा जिल्लामा बर्षौदेखि निरन्तर काम गर्दै आएका क्रियाशील पत्रकारहरुले पत्रकार महासंघ पर्सा शाखामा तालाबन्दी गरेका छन । आफ्नो अधिकार सुनिश्चित नभएको कारण सदस्ता बितरणमा समेत काखा पाखा भएकोले पर्सा शाखामा भोटे ताल्चा हानिएको क्रियाशील पत्रकारहरुले बताएका हुन ।
पटक पटक पत्रकार महासंघ पर्सा शाखाले सदस्ता वितरणमा काखा पाखा गरेको कारण बाध्य भइ नेपाल पत्रकार महासंघ पर्सा शाखामा ताल्चा हान्नु परेको क्रियाशील पत्रकार बिनोद पटेलले जानकारी दिनुभयो । आज बिहान करिब ९ बजेर ४५ मिनेटमा पत्रकार महासंघ पर्सा शाखामा क्रियाशील पत्रकारहरु पुगी ताल्चा हानेको बताए । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले क्रियाशील पत्रकारहरुलाई सदस्ता वितरण नगरी आफ्नो आफ्न्त र आसेपासीलाई सदस्ता वितरण गरेको हुदा आफ्नो सदस्ताको मांग गर्दै ताल्चा हानिएको क्रियाशील पत्रकार बिनोद पटेलले जानकारी दिनुभयो । तालाबन्दी कार्यक्रममा क्रियाशील पत्रकार रंजित चौरसिया, दिपक चौरसिया, निखिल बर्णवाल, आशु सरार्फ, अशोक संग्रौला, बिनोद पटेल, अरमान, अर्जुन गुप्ता लगायत दर्जनौ पत्रकारहरुको उपस्थित रहेको थियो ।
यता बारा जिल्लाबाट ३ जना पत्रकारहरु उमेश दुबे, तिवारी यादव र रंजित यादवले पत्रकार महासंघबाट पर्सा जिल्लामा आफ्नो सदस्यता स्थानान्तर गर्न खोज्दा पत्रकार महासंघ पर्साले काखा पाखा गरेपछि सो बिषयले नराम्रो विवाद उत्पन्न गरेको छ । तिन जना पत्रकारहरु मध्ये २ जना पत्रकारहरु उमेश दुबे र रंजित यादवलाई फिर्ता पठाई तिवारी यादवलाई मात्र पत्रकार महासंघ पर्साले भित्रयाएपछि विवाद चुलिएको हो ।
उमेश दुबे र रंजित यादवको पक्षमा १० गते पत्रकारहरु राजा कुमार पटेल, निलिमा पौडेल, मनोज पटेल र अमित अग्रवालले एक प्रेस बिज्ञप्ती जारी गरी पत्रकार महासंघ पर्साले गरेको भेदभावपूर्ण कार्यको बिरोध जनाएको छ । स्थानान्तर पिडित दुई पत्रकारहरु मध्येका उमेश दुबेले पत्रकार महासंघ पर्साको यस किसिमको रवैया प्रति दुख प्रकट गर्दै महासंघ पर्साले मात्र चाकरी गर्नेहरुलाई मात्र सदस्ता वितरण र स्थानान्तर गर्ने गरेको बताए । यस बिषयमा पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.