Ultimate magazine theme for WordPress.

क्राइम शाखाले बारा जिल्लामा मचाए यसरी तान्डव, सम्बन्धित निकाय मुखदर्शक

159

बारा, १० कात्तिक / बारा जिल्लामा जुवाको खाल संचालन गर्नको निम्ति क्राइम टोलिलाइ ५ लाख रूपैया दिएको समाचार प्राप्त भएको छ । कलैया उप-महानगरपालिका भित्र जुवाको खाल सन्चालन गर्न जिल्ला प्रहरी कार्यालय बारा क्राइम शाखाका प्रमुख प्रहरी निरीक्षक रुद्र प्रसाद कडेललाइ मासिक ५ लाख रूपैया नजराना बुझाइएको समाचार प्राप्त भएको हो ।
प्राप्त समाचार अनुसार अपराध अनुसन्धानको नाममा खटिएको क्राइम टोलि आर्थिक प्रलोभनमा जुवाको खाल सन्चालन गर्न मौखिक रूपले इजाजत नै दिएको बताइन्छ । जिल्ला अदालत नजिकै रहेको एक जना स्थानीय नाम खुल्न नसकेको ब्यक्तिको घरमा जुवा खेलाउनको निम्ति ५ लाख रूपैया बुझाइएको त्यही गिरोहका एक जनाले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताएका छन । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक कडेललाइ रकम नबुझाइ जुवा खेलाउन असम्भव रहेको कारण मासिकको रूपमा ५ लाख रूपैया दिइएको, उनले बताए ।
बारा जिल्लाको सदरमुकाम कलैया र प्रस्टोकामा जुवाको खेल संचालनको निम्ति जम्मा ७ लाख प्रहरी निरीक्षक रूद्र प्रसाद कडेलले बुझेको प्रहरी श्रोतले जनाएका छन । उनका अनुसार क्राइमको नाममा खटिने प्रहरीहरू भारतबाट स-साना खदान्य समाग्री किनेर आउनेहरू सङ्ग मासिकको नाममा चान्दा असूली कार्य तिब्र गरेका छन भने ठुला बडा तस्करका साथ साथै चेक बाउन्सको मुद्दामा समेत १० प्रतिसत रकम आफुलाइ बुझाउनु पर्ने भन्दै प्रहरी निरीक्षक कडेलले तान्डव मचाएको बताए ।
चेक बाउन्सको मुद्दा  दर्ता गर्नु अघि कलैया निवासी एक जना दलालको माध्यमले बार्गेनिङ्ग गर्ने गरेको र त्यसपछी बार्गेनिङ्ग मिले पश्चात् मुद्दा  दर्ता हुने/नहुने बिषयमा निर्णय गर्ने गरेको उनले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताएका छन । प्रती दिन साझ मदिरामा धुत हुने प्रहरी निरीक्षक रूद्र प्रसाद कडेलले गरेको कला कर्तुतको बिषयमा जिल्ला प्रहरी प्रमुखलाइ समेत जानकारी हुदा हुँदै किन मुखदर्शक बनेका होलान बिषयमा प्रश्न चिन्ह खडा भएको छ ।

Leave A Reply

Your email address will not be published.