Ultimate magazine theme for WordPress.

क्राइम र टाइगर टोली प्राइस टोलीमा परिणत हुदै

154
रितेश पटेल
पर्सा, ३ पौष ÷ नेपालकै मुख्य नाकाको रुपमा चिनिने वीरगंज भन्सार लगायतका ठाउहरुमा क्राइम टोली र टाइगर टोली प्राइस टोलीमा परिणत हुदै गएको स्थानियवासीले गुनासो पोखेका छन् । नेपाल र भारतको सीमाना नाका भएर भकुवा नाका हुदै दिनहु लाखौ बराबरको मालसमान नेपाल भित्रिने र नेपालबाट भारत जाने गरेको बताइएको छ ।
यस अनलाइन संग कुरा गर्दै स्थानियवासीले रातिको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट टाइगर र क्राइम टोलीले रातभरी मालसमान स्कटीङ समेत गर्न पछि नहटेको बताए । टाइगर टोलीको नाममा खटिने गरेको प्रहरीहरु रातिको समयमा सीमाना नाकादेखी बजारसम्म प्रसस्त पाउन सकिने सजिलै रहेको प्रष्ट हेर्न सकिन्छ । उहाले कहिले जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम भनेर आउने र मालसमान भित्रियाए वापत मोटो रकमको नजराना बुझेर जाने त कहिले टाइगर टोलीको नामले रकम लिए वापत स्कटीङ समेत गर्ने गरेको बताए ।
एक जना तस्कर श्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीहरुलाई प्रति मोटरसाइकल रु. १५ सय दिए वापत लाइन हेर्ने गरेको बताए । उहाले ठूला वडा तस्करहरुको मालसमान सुरक्षित गणतब्यसम्म पु¥याउनको निम्ति रकम लिए पश्चात पुरयाउने गरेको बताए । नेपाल र भारतको मुल नाका वीरगंज भन्सार कार्यालय अगाडी प्रहरीहरुको निगरानी बढ्न साथ भकुवा नाका हुदै तस्करी कार्यलाई तिब्रता दिइएको बताइएको छ ।
एक जना स्थानियवासी आफ्नो नाम नछाप्ने सर्तमा क्राइम टोलीको जिम्मा पाएका प्रहरी निरीक्षक राजेश दत्तले आफ्नो खटाइएको प्रहरीहरु र टाइगर टोलीहरु समेत रकम लिए पश्चात मौन रहेको बताएका छन् । एक जना स्थानियवासीका अनुसार सोमवार बिहान करिब ५ बजेको समयमा भकुवा नाका हुदै नेपाल भित्रिदै गरेको मालसमानको सूचना दिन जिल्ला प्रहरी कार्यालय पर्सा क्राइम टोलीका प्रमुख राजेश दत्तलाई पटक पटक फोन गर्दा पनि उठाएन्न र उल्टै फोन काटिने गरेको बताए । उनका अनुसार क्राइम टोलीको नाममा आफु इमन्दार बन्न खोज्ने राजेश दत्तले वर्दीको आडमा कमाई खाने भाडो बनाएको बारे आरोप लगाउनु भयो ।
एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा खटिएको क्राइम टोली र टाइगर टोलीले प्राइस टोलीमा परिणत हुदै गएपछि नेपाली जनताको जिउधन र सुरक्षाको जिम्मा पाएका नेपाल प्रहरी के कति सुरक्षा गर्न सकिने बारे प्रश्ण चिन्ह खडा भएको छ । तसर्थ ः यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.