Ultimate magazine theme for WordPress.

कोरोना भाइरस जस्तो महामारीको समयमा पनि अलौ नाकाबाट रूकेन तस्करी

253

उमेश दुबे
पर्सा, २३ श्रावण / विश्व ब्यापी फैलिएको कोरोना भाइरस महामारीको समयमा पर्सा जिल्लाको अलौ नाका हुँदै तस्करी फस्टाएको छ । कोरोना भाइरस सन्क्रमित दिन प्रती दिन बढ्दै गइरहेको अवस्थामा गृह मन्त्रालयले सीमा नाकामा निगरानी बढाउन निर्देशन दिएपनी सीमा नाका हुँदै प्रहरीकै सहयोगमा तस्करी कार्य फस्टाएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका तत्कालीन प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले तस्करहरू सङ्ग मासिक नजराना बुझेर गएकै कारण हालसम्म तस्करी कार्य बन्द नभएको तस्करले नै बताएका छन । आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा तस्करले ५ हजारदेखी मासिक ५० हजारसम्म नजराना बुझेको उनले बताए । मासिक नजराना बुझेकै कारण बोर्डर आउट पोस्ट अलौले हालसम्म तस्करी गर्न दिएको बताए । यता अर्का तस्करले सीमामा खटिएका सशस्त्र प्रहरीलाई मात्र मासिक नजराना बुझाएर तस्करी कार्य नचल्ने भएकोले स्थानीय प्रहरी चौकी लगायत केही जिल्लाका क्राइम शाखाका प्रहरीलाई समेत रकम दिने गरेको कारण तस्करी नरूकिएको उनले बताए । श्रावण महिना भरिको लागि मात्र बोर्डर आउट पोस्ट अलौले तस्करी चलाउन निर्देशन दिएको र त्यसपछी रोकिने समेत उनले बताएका छन ।
आफ्नो पावरको दुरूपयोग गर्दै सशस्त्र प्रहरी उपरीक्षक कुवरले खोलेको तस्करीको लाइन हालसम्म सुचारू हुनु दुर्भाग्यको बिषय बनेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा क्राइम शाखाका प्रमुख प्रहरी निरीक्षक रबि भुसन यादवले निगरानी बढाउन निर्देशन दिएपनी उहाकै मातहातमा रहेका केही प्रहरीहरू तस्करी बापत रकम बुझ्दै आएको प्रहरी श्रोतको दाबी छ । भ्रष्टाचारमा लिप्त रहेका केही प्रहरीलाई कारवाही नगरिए तस्करीको लाइन बन्द गर्न असम्भव रहेको बुझिन्छ ।
यता अलौका स्थानीयहरूले रातिको १० बजेपछी तस्करीको लाइन सुचारू हुने गरेको र बिहान ३ बजेसम्म तस्करीको लाइन सुचारू हुने गरेको बताए । सीमाम खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरी आफ्नो जिम्मेवारीलाई बिर्सेर मात्र सीमाबाट हुने अबैध क्रियाकलापलाई कमाइ खाने माध्यम बनाएको दुखेसो पोखेका छन । यस बिषयमा सम्बन्धित निकायको ध्यान पुग्न अवाश्यक देखिन्छ । फोटो / सौजन्य

Leave A Reply

Your email address will not be published.