Ultimate magazine theme for WordPress.

कोरोनाको नाममा नेपाल प्रहरीको अबैध धन्दा, स्थानीय प्रहरीदेखि एसपीसम्मको मिलोमतो

308

पर्सा, १० बैशाख / शान्ती सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीले यतिखेर कोरोनाको नामले अबैध धन्दा सुरू गरेका छन । आफ्नो जिम्मेवारी निर्वाह नगरी गैर कानूनी तरिकाले तस्कर संगठन सङ्ग मासिक लाखौ रूपैया नजराना बुझी सीमा नाकाहरूबाट तस्करीको लाइन दिनुको साथै स्कटिङ्ग समेत गर्ने गरेको एक भिडियोले सार्वजनिक भएको हो ।
पर्साको ग्रामिण भेगमा पर्ने भिस्वा नाका हुँदै प्रहरीले लाखौ रूपैया मासिक बुझे पश्चात् तस्करीको लाइन सूचारू भएको छ । २३ जनाको समुहमा रहेको तस्कर संगठनले जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलिको माध्यमले एसपी बेलबहादुर पान्डे र प्रहरी हवलदार श्यामसुन्दर साहको माध्यमले डिआइजीको नाममा रकम उठेको बताइन्छ । माथिल्लो निकायको सेटिङ्ग भइ सके पश्चात् स्थानीय प्रहरी चौकी भिस्वा र इलाका प्रहरी कार्यालय पोखरियाको कमान्डरहरू समेत रकम बुझेको तस्कर श्रोतले जनाएको छ ।
आफुहरू २३ जनाको समुहमा रहेको तर एक जनाकै नामले तस्करी लाइनको रकम जाने गरेको तस्कर श्रोतले बताए । उनका अनुसार प्रहरी चौकी भिस्वाका प्रमुख प्रहरी नायब निरीक्षक प्रमोद साहले मासिक ४ लाख बुझने गरेको र परेको बेला स्कटिङ्ग समेत आफै गर्ने गरेको बताए । बाहिरको टोलि आए नआएको कुराको बिषयमा स्थानीय प्रहरी र स्थानीय सशस्त्र प्रहरी क्याम्पले खबर समेत गर्ने गरेको उनले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।
भिस्वा नाकाको तस्करी बारे एक घटनाले उजागर पारेको छ । भिस्वा नाका हुँदै निर्यात भएको चाइनिज स्याउ भारतीय प्रहरीले पक्राउ गर्नसाथ तस्करी बारे उजागर भएको हो । गत आइतबार नेपालको भिस्वा नाका हुँदै भारत बजार छेत्रमा पुर्याउन सफल भएको चाइनिज स्याउ र तस्करलाई भारतीय प्रहरीले पक्राउ गर्नसाथ यस्तो रहस्य खुलेको हो ।
नेपाल र भारतको सीमा नाका हुँदै ठुला वडा तस्करी गर्नको निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई करीब ६० लाखदेखि १ करोडसम्म बुझाउनु पर्ने हुन्छ । सीमामा रहेको प्रहरीदेखि लिएर बाटोमा पर्ने प्रहरी चौकी, सशस्त्र क्याम्प, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण लगायत माथिल्लो निकाय भनिएका डिआइजी कार्यालयसम्म मासिक रूपमा नजराना बुझाउनु नै पर्छ । नबुझाए प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएर भन्सार दाखिला गर्ने गरेको बिषयमा पटक पटक समाचार उजागर समेत भएको छ । तर मासिक नजराना माथिसम्म पुगे पश्चात् सबै युनिटहरू सजिलै तस्कर संगठन सङ्ग रकम लिन सफल हुन्छन ।
यता जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम टोलि आफ्नो कार्य छोडी तस्कर संजाललाई बढावा दिएको बिषयमा समेत उजागर भएको छ । क्राइम टोलिको बिषयमा केही समाचार उजागर नहुने सर्तमा केही बिचौलियाहरू आश्वासन दिए पश्चात् मासिका करोडौ रकम क्राइम टोलिले लिने गरेको बताइन्छ । क्राइम टोलिका प्रमुख प्रहरी नायब निरीक्षक शोभन बिक्रम राणाले आफ्नो पावरको गलत प्रयोग गर्दै मासिक करोडौ आर्जन गर्न सफल भएका छन । तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पान्डेले उनलाइ ढाकछोप गर्नु नै पान्डे समेत आर्थिक चलखेलमा लागेको बिषयमा प्रमानित गरेको छ ।
वर्दिको आडमा कमाइ खाने भाडो बनाएका यस्ता भ्रष्ट प्रहरी कर्मचारीहरूलाई कारवाहीको दायरामा ल्याउन अवाश्यक देखिन्छ । यस बिषयमा माथिल्लो निकाय भनिएका र आफुलाइ इमान्दार रहेको ठोकुवा गर्ने प्रहरीका उच्च अधिकारीहरूको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.