Ultimate magazine theme for WordPress.

कुहिएको अवस्थामा आमा छोरीको शब बरामद (भिडियो सहित)

387

उमेश दुबे
पर्सा, २३ मन्सिर / बिरगंजको मुर्लि नया बस्तीमा आमा छोरीको शब कुहिएको अवस्थामा बरामद भएको छ । केही हप्ता अगाडी हत्या गरि राखिएको अवस्थामा शब बरामद भएको हो ।
बिरगंज महानगरपालिका वडा नम्बर १२ नयाबस्ती निवासी मोहन झाको घरमा डेरा गरि बस्दै आएकी महिला र निजकी छोरीको शब बरामद भएको स्थानियले जनाएको छ । स्थानियले जनाए अनुसार बाराको शिसुवामहेशपुर निवासी पवन साहले आफ्नो श्रीमती र छोरी सङ्गै डेरा गरि बस्दै आएको जनाएका छन । कोठामा बिगत एक हप्तादेखी ताल्चा लागेको अवस्था थियो, तर दुर्गन्ध फैलिन साथ वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरिएको स्थानियले थपे ।
डेरा गरि बस्दै आएका पवन साहको करीब २३ बर्सिय पत्नी र २ बर्सिय छोरीलाई हत्या गरिएको अवस्थामा शब राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ । कोठा बाहिरबाट ताल्चा लागेको र भित्र शब राखिएको अवस्थामा बरामद भएको वडा प्रहरी श्रीपुरले जनाएको छ । बरामद भएको शबलाइ पोस्टमार्टमको लागि बिरगंज स्थित नारायणी उपक्षेतृय अस्पतालमा लगिएको छ भने पवन साहलाइ खोज तलास जारी राखेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.