Ultimate magazine theme for WordPress.

कानुन दोहोरिलो नभएको कारण रुकेन काठ तस्करी ः अध्यक्ष सिंह

123
उमेश दुबे
बारा, २४ मंसिर ÷ बारा जिल्लाबाट काठ तस्करी न्युनिकरणमा समस्या भएको हलखोरिया साझेदारी बन व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र सिंहले बताएका छन् । यस अनलाइन संग अध्यक्ष सिंहले कुरा गर्दै कानुन दोहोरिलो नभएको कारण काठ तस्करी नरुकेको बताउनु भएको हो ।
हलखोरिया साझेदारी बन व्यवस्थापन समिति कार्यालय डुमरवाना ४ बाराबाट आफुहरु पटक पटक काठ तस्करहरुलाई पक्राउ गरेपनि कानुनले छोडदिने कार्यले गर्दा काठ तस्करी न्यूनिकरण गर्न कठिनाई भएको अध्यक्ष सिंहले बताउनु भयो । आफुहरुलाई पटक पटक सुचना आउनसाथ छापामारी गरी काठ तस्करहरुलाई नियन्त्रणमा लिएर अदालतसम्म पु¥याएपनि कानुनले छोडने गरेको दुखेसो पोखे । आफुहरु दुःख गरी काठ तस्करीमा संलग्न तस्करहरुलाई रंगेहात पक्राउ गरेपनि अदालतले सजिलै छोडने गरेको बताए ।
बिगतका दिनहरुबाट पनि हालका दिनहरुमा काठ तस्करीमा कमि आएको अध्यक्ष सिंहले ठोकुवा गर्नुभयो । हलखोरिया साझेदारी बन व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र सिंहले आफुहरु अहोराति खटी तस्करहरुको पछाडी लागेपछि बिस्तारै काठ तस्करीमा कमी आएको बताउनु भयो । बारा जिल्लाबाट धमाधम काठ तस्करहरुको घरमा छापा हानि पक्राउ गर्न थालेपछि काठ तस्करीमा केही हदसम्म न्युनिकरण भएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.