Ultimate magazine theme for WordPress.

कांग्रेस निकट विद्यार्थीले स्ववियुमा उमेर हद नमान्ने

51

काठमाडौँ ,माघ १:नेपाल विद्यार्थी संघले विश्वविद्यालयले स्ववियु निर्बाचनमा लगाएको उमेर हदबन्दी आफुलाई मान्य नहुने बताएको छ ।

नेविसंघका इकाइ सभापतिहरुको भेलाले विश्वविद्यालयले स्ववियु निर्बाचनका लागी बनाएको २८ वर्षे उमेर हद नेविसंघलाई मान्य नहुने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयमा आयोजित भेलाका प्रतिनिधिहरुले २८ वर्षे उमेर हदका कारण विद्यार्थीहरुबाट अनुमोदित भएर राजनीति गर्ने विद्यार्थी नेताहरुलाई बन्देज गरेको तर्क गरेका थिए ।

साथै नेविसंघले स्ववियु निर्बाचन हुन नदिने षड्यन्त्र स्वरुप नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले यस्तो एजेण्डा ल्याएको समेत भेलामा सहभागीहरुको जिकिर थियो ।

Leave A Reply

Your email address will not be published.