Ultimate magazine theme for WordPress.

कलैया उप-महानगरमा बिकास हुन नसकेको स्थानियको आरोप

180

उमेश दुबे
बारा, १५ असार / बाराको कलैया उप-महागरपालिकामा मेयरकै लापरवाहीले बिकाश हुन नसकेको स्थानियले आरोप लगाएका छन । स्थानिय तहको चुनाव करीब २ बर्ष बितिसक्दा पनि कलैया उप-महानगरपालिकाको बिकाश कार्य हुन नसकेको आरोप स्थानियको रहेको छ ।
स्थानिय तहको चुनाव सम्पन्न भएको करीब २ बर्ष बितिसक्दा पनि मेयर राजेशराय यादवको चरम लापरबाहीले कलैया उप-महानगरपालिकामा बिकाशको कार्य हुन नसकेको आरोप स्थानियको रहेको छ । बर्षायामको बेला पानी पर्नसाथ मुख्य सडक लगायत प्राय सबै जसो सडकको खाल्डो खुल्डीमा पानी जमा हुने गरेतापनि मेयर यादव मौन बस्नु बिडम्बनाको बिषय बनेको स्थानियहरूको आरोप रहेको छ ।
कलैया उप-महानगरपालिका ७ निवासी पन्नालालले उप-महानगरपालिकाका प्रमुख राजेशराय यादव स्थानिय तहको चुनाव अगाडी बिकाशको कार्य अगाडी बढाउने जनता बिच गरेको वाचालाइ पूरा गर्न नसकेको आरोप लगाउनु भयो । उहाले यस अनलाइन सङ कुरा गर्दै कलैया उप-महानगरपालिकाको प्रमुख यादव चुनाव जित्नसाथ जनता बिच गरेको वाचालाइ बेवास्ता गरेको कारण बिकाशको कार्य अगाडी नबढेको बताए ।
स्थानिय तहको चुनाव पश्चात् आफूले कलैया उप-महानगरपालिकालाइ एउटा नमूनाको रूपमा परिणत गर्ने भनेका मेयर यादवले २ बर्षको कार्य अवधीमा केही बिकाशको कार्य गर्न नसकेको आरोप स्थानियवासीको रहेको छ । बिकाशको कार्य हुन नसक्दा स्थानियवासीले आफै चुनेका मेयर यादवलाई बिफल मेयरको रूपमा लिन थालेका छन । स्थानियले आउने चुनावमा यसको जवाब आफ्नो मतको अधिकारले दिने बताएका छन ।

Leave A Reply

Your email address will not be published.