Ultimate magazine theme for WordPress.

कलश यात्रामा स्थानियको सहयोग

357

पर्सा, १२ आश्विन ÷ पर्साको एक मात्र महानगरपालिका वीरगंज महानगरपालिकामा निस्केको कलश यात्रामा स्थानियको सहयोग बढेको देखिन्छ । प्रत्येक बर्ष झै यसपालि पनि दशैको अवसरमा निस्केको कलश यात्रामा स्थानियको सहयोगी हात अगाडी बढेको पाइएको हो ।
श्री गहवा माई मन्दिरमा प्रत्येक बर्ष झै यसपालि पनि धुमधामका साथ मेला लाग्ने र मेलाको अवसरमा निस्केको कलश यात्रामा स्थानियहरुले फरहारको रुपमा सरवत, पानी लगायत भक्तजनहरुलाई प्रदान गरि सहयोग गरेका हुन । आजदेखी नवरात्री सुरु भए लगतै वीरगंजमा भक्तजनहरुको चहल पहल बढेको पाइएको छ । भक्तजनहरुले धुमधामका साथ श्री गहवा माई मन्दिरमा पूजा आजा गरी मनाउने गर्दछन ।

Leave A Reply

Your email address will not be published.