Ultimate magazine theme for WordPress.

कम्प्युटर एशोसिसन नेपाल महासंघ पर्साको तेस्रो साधारणसभा सम्पन्न

122

पर्सा, २५ माघ । कम्प्युटर एशोसिसन नेपाल महासंघ पर्साको तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । सुचना र सञ्चार क्षेत्रमा काम गर्दै आएको क्यान महासंघको जिल्ला कार्यसमिति अध्यक्ष दिपक साहको सभापतित्वमा तेस्रो साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा क्यान महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष हेमन्त चौरसिया, प्रदेश न. २ का अध्यक्ष आलोक कुमार चौरसिया, नेपाल पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, क्यानका केन्द्रिय सचिब भुपालदास श्रेष्ठ, प्रदेश कोषाध्यक्ष बिनोद साह, क्यानका बारा अध्यक्ष गणेश ठाकुर, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल तेल, चामल दाल उद्योग संघका केन्द्रिय अध्यक्ष एवम् वरिष्ठ उद्यमी सुवोधकुमार गुप्ताले आइटी व्यावसायी तथा क्यानसँगको सहकार्यमा उद्योग व्यावसायलाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए ।
देशलाई डिजिटलाइज्ड गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने समयमा राष्ट्रको बर्तमान राजनितिक परिस्थितीले झन उँदो गतितिर उन्मुख भएको गुप्ताको बुझाई छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यसमेत रहेका गुप्ताले बन्द हड्ताल गरेर उद्योग तथा व्यावसायमा नोक्सानी ल्याउने कार्य कदापी सह्य नहुने बताए ।
बन्दकर्ताले बन्द गर्दैमा बन्द गर्ने र खोल भन्दैमा खोल्ने प्रवृतिको अन्तय गरी सम्पुर्ण व्यावसायीहरु एकताबद्ध भएर विरोधमा उत्रिन पनि उहाँले आग्रह गरेका थिए । आर्थिक रुपमा सशक्त भएर एकअर्कासँग हातेमालो गर्दै अगाडी बढ्नुको बिकल्प नरहेको गुप्ताको धारणा छ ।
सधारण सभामा आइटी र प्रविधिको क्षेत्रमा महत्वपुर्ण योगदान दिएको भन्दै अब्दुल कलाम आजाद, विनोद सर्राफ र भानु वैद्यलाई सम्मान समेत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.