Ultimate magazine theme for WordPress.

एमाले विरुद्ध मधेसी मोर्चाको कडा विज्ञप्ति

48

काठमाडौं, ७ पुस । मधेसी मोर्चा सहितको संघीय गठबन्धनले प्रमुख प्रतिपक्षी दल एमालेलाई नश्लिय राजनीति गरेर मुलुकलाई विखण्डन गर्न खोजेको भन्दै कडा चुनौती दिएको छ ।
बिहीबार संघीय समाजवादी फोरम कार्यलयमा गठबन्धन बैठकपछि संयोजक उपेन्द्र यादवले वक्तव्य जारी गर्दै एमालेलाई नश्लीय राजनीति गरी मुलुक विखण्डन गर्न खोजेको आरोप लगाएका हुन ।

विज्ञप्तिमा भनिएको छ– ‘संविधान संशोधन विरोधको नाममा एमालेले दिएको नश्लीय अभिव्यक्ति मुलुकमा जातीय सामाजिक सहिष्णुता भड्काउने र मुलुकलाई विभाजन गर्नेतर्फ उन्मूख रहेकाले राष्ट्रिय एकतालाई कमजोर पारी मुलुकलाई अनिश्तित गृहयुद्धतिर धकेल्ने एमालेको यस प्रतिगमनकारी गतिविधिको हामी घोर भत्सर्ना गर्दछौ । ’

वक्तव्यमा एमालेले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, लोकतन्त्रजस्ता उपलब्धी धरापमा पारेको मार्चाले आरोप लगाएको छ ।
सरकारसँग भएको तीन बुँदे सहमति अनुसार संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित संसदमा प्रक्रिया अगाडि बढाउन मोर्चाले माग गरेको छ ।
मोर्चाले आगामी साता संघीयता र मुलुकमा १० प्रदेशको माग गर्दै अन्तरक्रिया गर्ने साथै आन्दोलनका नयाँ कार्यक्रम सार्वजानिक गर्ने बताएको छ ।

Leave A Reply

Your email address will not be published.